बास्तविता आखिर यस्तै छ

गरिब भएपनि , भिख माग्नुपरेको छैन । एकदिन कमाउछु, म अझै मरेको छैन ।। थाहा छ मलाई कोही महलमा बस्छन् । म पनि त सडकमा बास गरेको छैन ।। टालेको लगाउछु, सिस्नो खोले खान्छु । तर मान्छेको नजर बाट झरेको छैन ।। पसिनाको कमाईले सधै सन्तुष्टि दियो । जता सुख छ, म उतै उतै सरेको छैन ।। मान्छे कहिलेकाही काम लाग्छ भनेर । ...

पिठ्युँमा भारी बोक्की हिंड्नुपर्छ

सधैं उकाली हिंड्नुपर्छ ओराली हिंड्नुपर्छ !! चुट्यो भने पाउको चप्पल खाली हिंड्नुपर्छ !! हुदैन प्रिया"गाडीमा यात्रा"तिम्रो सहरमा जस्तो ... मेरो गाउँमा पिठ्युँमा भारी बोक्की हिंड्नुपर्छ !! नाता गाँसेर यहाँ तोड्ने हजार हुन्छन् लाएर माया फेरि छोड्ने हजार हुन्छन् तिम्रो मनमा बस्ने इजाजत देऊ भन्दै काँच झैं मनलाई फोड्...

त्यो दिन घरमा अन्नको दानो थिएन

त्यो दिन घरमा अन्नको दानो थिएन सुत्केरी आमालाई दिने जुवानो थिएन साझ बिहान बुबा मजदुरी गर्नुहुन्थ्यो वतासको डर थियो राम्रो छानो थिएन सरकारले नहेर्ने समाजले नि लत्याउने गरिबको परिवार आखा ओभानो थिएन सोझो मेरा बा लाई अंश नै दिएनछन् आफन्तले दिएको त्यो चोट सानो थिएन जय ओलि (बजुरेल कान्छो )...

छोरो आउने दिनहरु गन्दै होलिन मेरि आमा

छोरो आउने दिनहरु गन्दै होलिन मेरि आमा। उकाली र ओराली गर्दै होलिन मेरि आमा । भाग्यमा नै लेख्या रैछ प्रदेशी हुन मलाइ। मेरो नामको दियो बालि कुर्दै होलिन मेरि आमा । चुहिन्छ होला घरको छानो त्यो आकाश रुदा । छोरो आउला छानो छाउला भनि बस्दै होलिन मेरि आमा । दैबको खेल एस्तै रैछ कहिले नजिक कहिले टाढा । प्रदेशी यो छोर...

नयाँ नेपाल खै कसरी पारा उस्तै छ

नयाँ नेपाल खै कसरी पारा उस्तै छ फेरिएको छैन सस्कार नारा उस्तै छ। काठमाडौ मा बस्नेलाई कर्णाली को के को पिर छ हुम्ला जुम्ला कालिकोट रारा उस्तै छ । खै त पुल नहर खै त बत्ती उज्यालो त्यो टार्ने आखिर टार्दै गए झारा उस्तै छ । बन्द माथी बन्द सधै हत्या हिंसा आतंक झन खै त कहाँ परिवर्तन सारा उस्तै छ । ती नै त हुन ने...

लाग्दैन मलाई तिमी सुन्दरी जस्ती

भन्छन् तिमीलाई सबैले परी जस्ती । तर लाग्दैन मलाई तिमी सुन्दरी जस्ती । काली रुप धारण गर्छ्यौ मेरो सामु घरमा । बाहिरी दुनियाँको नजरमा बिचरी जस्ती । आँखा अन्धा थिए बैँस थ्यो उम्लिएको । त्यसैले देख्थें तिमीलाई सुनाखरी जस्ती । तिम्रो उपस्थिति मेरो यस्तो भयोकि । आँधीहुरीसँगै आएको असीना र झरीजस्ती । जय ओलि (बजुर...

सुनौलो घामको किरण बोकेर आओस् नयाँ बर्ष

सुनौलो घामको किरण बोकेर आओस् नयाँ बर्ष । सबको मनमा हर्ष उल्लास बोकेर आओस् नयाँ बर्ष । अध्यारो नहोस जिन्दगी उज्यालो होस सबैको। सजिलो फर्मुला बनेर जिबनमा आओस् नयाँ बर्ष । हामी सबैको मनमा सुख शान्ति भै रहोस् सधै । दुख अनि अत्याचार लाई छलेर आओस् नयाँ बर्स। नयाँ जोस जागर उमंग खुसी लिएर आउ यता दुख कष्ट पीडा जति ...

सुदूर साहित्य प्रतिष्ठानमा नयाँ नेतृत्व चयन (नाम सहित)

बाजुरा-सुदूर साहित्य प्रतिष्ठानले नयाँ नेतृत्व चयन गरेको छ । प्रतिष्ठानको मार्तडीमा आयोजिक प्रथम साधारण सभाबाट हर्क खडायत अध्यक्ष रहने गरी ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । तदर्थ समितिमा २ जना सदस्य थप गरेर समिति गठन गरेको निर्वाचन समिति संयोजक पुरबहादुर रावतले बताएका छन् । समितिमा उपाध्यक्ष बन्दना रोकाया, सचिव कृष...

सुदूर साहित्य प्रतिष्ठानको प्रथम साधारण सभा आज

बाजुरा-सुदूर साहित्य प्रतिष्ठानको प्रथम साधारण सभा आज मार्तडीमा हुने भएको छ । कला साहित्य र सँस्कृतिको प्रवद्र्धन र विकासका लागि स्थापित प्रतिष्ठानले आफ्नो पहिलो साधारण सभा आयोजन ागर्न लागेको हो । नयाँ नेतृत्व चयन गर्ने गरि साधारण सभा सञ्चालन गरिने तदर्थ समिति अध्यक्ष हर्कबहादुर खडायतले बताएका छन् । सिर्जना शक्ति भए...

सबैले पढ्नैपर्ने, मेरा बा का प्रिय भरतमोहन,

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको बारेमा एउटा मार्मिक कविता लेखेको छ । भनिएको छ । कविताको शिर्षकमा मेरा बा का प्रिय भरतमोहन, भन्दै आयो मार्मिक कविता तिमी मर्दैनौ भरतमोहन । धेरै बा हरुका सम्झनामा छौ आमाहरुका सम्झनामा हुनेछौ हिजो तिमीले दिएको सय रुपैयाँ भत्ता मेरा बा का लागि राज्यले दिएको पहिलो असर्फी थियो छो...