छोरा प्रकाशको यसरी दागबत्ती दिए बुवा प्रचण्डले

  मूलधार सम्वादाता  411 पटक हेरिएको

काठमाडाैं-  प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । प्रकाशका छोराहरूको ब्रतबन्ध नभएका कारण प्रचण्डले नै दागबत्ती दिएका हुन्।

प्रकाशकी जेठी पत्नी सिर्जनाबाट ८ वर्षीय छोरा प्रसिद्ध छन् भने कान्छी बीनाबाट जन्मेका ४ वर्षीय छोरा प्रणव छन्।

उमेर सानै भएकाले उनीहरूको ब्रतबन्ध भएको छैन। ब्रतबन्ध नभएका छोराले दागबत्ती दिने चलन हिन्दू संस्कारमा छैन। दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।

२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार