नर्भिक अस्पतालमा यसरी रुदै पुगेका थिए प्रचण्ड

  मूलधार सम्वादाता  389 पटक हेरिएको

काठमाडाैं-  चुनाव प्रचारका लागी झापा आएका प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्। एक मात्र छोरा प्रकाशको आज बिहानै निधन भए पश्चात उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं गएका हुन्।

प्रचण्ड रुँदै छोराको शव राखीएको नर्भिक अस्पताल आइपुगेका हुन्। प्रचण्डसँगै प्रकाशकी दिदी रेणू पनि अस्पताल पुगेकी छिन्।

नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकको घुइँचो लागेको छ। अस्पताल पुगेका आफन्तजन भावविह्वल छन्। प्रकाशको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ।

आजै बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार