प्रकाशको त्यसै मृत्यु भएको होइन्, हत्या नै भएजस्तो लाग्यो : प्रचण्ड (हेर्नुहोस् उनको मृत शरिर)

  मूलधार सम्वादाता  673 पटक हेरिएको

काठमाडाैं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पुत्र प्रकाशको सहज निधन नभई हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

प्रचण्डले झापाबाट राजधानी फर्केलगत्तै लाजिम्पाटस्थित निवासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखलाई बोलाएर हत्या भएको आशंका गरेका हुन् ।

प्रचण्डले बोलाएपछि नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्रका सिंहबहादुर श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी लाजिम्पाट पुगेका थिए ।

प्रहरी उच्च स्रोतका अनुसार प्रचण्डले आफूलाई प्रकाशको मृत्यु नभई हत्या हुन सक्ने आशंका गर्दै गम्भीर छानविनका लागि निर्देशन दिएका छन् ।

‘मलाई उसको सहज निधन भएको जस्तो लाग्दैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘के भएको हो सत्यतथ्य छानबिन गर्नुस ।’

उनले प्रकाशले शनिबार साँझ आफूलाई टेलिफोन गरेको र आइतबार चितवन जाने बताएको उल्लेख गरे । ज्वरो आएको भन्दै प्रकाश बाम गठबन्धनले आइतबार झापाको विर्तामोडमा आयोजना गरेको चुनावी सभामा बाबुसँग गएका थिएनन् । काठमाडाैं टुडेबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार