दाहालको पार्थिप शरिर पेरिशडाँडामा- फोटो फिचर सहित

  मूलधार सम्वादाता  474 पटक हेरिएको

काठमाडाैं-  पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत सिधै लाजिम्पाटस्थित निवासमा पुगेर घटनाबारे परिवार र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएर श्रीमति सितासहित थापाथली अस्पताल पुगेका हुन् ।

पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान नौ बजे हेलिकोप्टरमार्फत उनी काठमाडौ आएका थिए ।

प्रकाशको मृत्युको खवरसँगै थापाथलीस्थित नर्भिक अस्पतालमा दाहालका आफन्तजन र शुभचिन्तकहरुको घृुइचो लागेको छ । अस्पताल परिसरमा पुगेका दाहालका शुभचिन्तक र आफन्तहरु भवबिहल बनेका थिए ।

चितवनकी मेयर रहेकी दिदी रेणु दाहाल पनि काठमाडौँ आइपुगेकी छिन् ।

यसैबीच, प्रचण्ड अस्पताल आइपुगेसँगै अस्पतालले पत्रकार सम्मेलन गरेर प्रकाशको मृत्युबारे जानकारी गराउने तयारी गरेको छ ।

३६ बर्षिय प्रकाशको आइतबार बिहान हर्ट अट्याक भएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।

प्रकाशको २०३८ साल असार १७ मा जन्म भएको थियो । उनको दुई श्रीमती र दुई छोरा रहेका छन् ।

पार्टी स्रोतका अनुसार प्रकाश दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय पेरिसडाँडा लगिनेछ । आज साँझ ४ बजे आर्यघाट लगेर अन्तिम संस्कार गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार