स्वर्गिय प्रकाशकी जेठी श्रीमती श्रृजना त्रिपाठी बेहोस अवस्थामा

  मूलधार सम्वादाता  746 पटक हेरिएको

काठमाडाैं-  प्रकाश दाहाल निधनको खवरले उनकी जेठी श्रीमती श्रृजना त्रिपाठी पनि बेहोस बनेकी छन् ।

दाहालको मृत्युको खबरसँगै नर्भिक अस्पताल पुगेकी त्रिपाठी त्यहीँ बेहोस बनेकी हुन् ।

उनी मामा कृष्ण पोखेरलसँगै अस्पताल पुगेकी थिइन् ।

उनको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । त्रिपाठीका एक रहेका छोरा छन् ।

अल विदा प्रकाश दाहाल

परिवार नै निर्वाचनको माहोलमा होमिएका वेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारमा बज्रपात परेको छ ।

आइतबार प्रचण्डका स्वकीय सचिव समेत रहेका एकमात्र छोरा प्रकाश दाहालको असामयिक निधनभएपछि दाहाललाई पुत्रशोकको बज्रपात परेको हो ।

लाजिम्पाटस्थित निवासमा शनिबार राति सुतेका प्रकाश बिहान ढिलोसम्म नउठेपछि हेर्दा उनी अचेत अवस्थामा फेला परेका थिए । तत्कालै उनलाई अस्पताल पुर्याइएपनि उनलाई चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

प्रकाश प्रचण्डका एकमात्र छोरा हुन् । प्रकाशका श्रीमती र एक छोरा छन् । प्रकाश पत्नी बिना मगर कञ्चनपुर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छिन् भने बुबा प्रचण्ड चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।

माओवादी सशस्त्र जनयुद्धमा समेत सहभागि भएका प्रकाश पछिल्लो समय बुबा प्रचण्डको सहयोगीको रुपमा रहदै आएका थिए । प्रकाश मिडिया फे्रण्डलीका रुपमा समेत चिनिन्थे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार