बाजुरालार्इ चाँडै दुर्गम घोषणा गर्छु : प्रधानमन्त्री देउवा

  मूलधार सम्वादाता  283 पटक हेरिएको

बाजरा-  प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले बाजुरालाई दुर्गम क्षेत्र घोषणा गर्ने वचन दिएका छन् । नेपाली काँग्रेस बाजुुराले मार्तडीमा आयोजना गरेको चुनावी सभालाई संवोधन गर्दै देउवाले बाम गठबन्धनले जिते लोकतन्त्र खतरामा पर्ने बताए । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले जितेमात्र लोकतन्त्र बच्ने बताएका छन् ।

भय मुक्त, डर मुक्त नेपाली निर्माण गर्नु र नेपालीलाई अधिकार सम्पन्न बनाउनु काँग्रेसको एक मात्र लक्ष्य हो, काँग्रेसले जनतालाई मालिक बनाउन चाहन्छ, त्यस कारण हैकमवादको अन्त्य गर्न र अधिनायकवादीलाई परास्त गर्न जरुरी रहेको उनले बताए ।

लोकतन्त्र विरोधी शक्तिहरु एक ठाउँमा आएकोले जनतालाई अधिकारबाट वञ्चित गर्ने र लोकतन्त्रको हरण गर्ने खेल भइरहेकोले सचेत हुन आग्रह गरे । उनले नेपाल अत्यान्तै महत्वपूर्ण मोडमा उभिएको बताए ।

सुदूरपश्चिमको विकासका लागि पनि काँग्रेस र आफ्नो जित आवश्यक रहेको बताएका छन् । फेरि पनि प्रधानमन्त्री बन्न सक्ने हैसियत मेरो मात्र छ । अरु कोही छैनन् । केपी र प्रचण्ड आएर यहाँको विकास गर्दैननन्, त्यस कारण काँग्रेसले जित्न जरुरी रहेको बताए । मार्तडी गौमुल थामलेक सडक स्तरोन्नती गर्ने र बाजुरामा विद्युत उत्पादनमा लगानी बढाउने आश्वासन दिएका छन् ।

२०४८ सालमा बाजुरामा हिडेरै आएको स्मरण गर्दै अहिले सदमुकाम मार्तडीसम्म गाडीमा पुग्न सकिने भएको देख्दा खुसी व्यक्त गरेका छन् । बाजुरा जिल्लाभर यातायातका साधान गुडाउन जिल्लाको कोल्टी पीलुचौर सडक निर्माण पहिलो प्राथमिता हुने बताए । काग्रेस लोकतन्त्रको पक्षमा काम गर्ने पार्टी भएको भन्दै २०४६ सालमा काग्रेसकै पहलमा लोकतन्त्र स्थापना भएको उनले दावी गरेका छन् ।

मार्तडी गौमुल मार्तडी थामलेक सडकलाई स्तरउन्नती गर्नेछु । स्वास्थ्य सेवा विस्तार गर्ने विश्वास दिलाउछु प्रधानमन्त्री देउवाले भनेका छन् । जनताको सुख दुखको पार्टी नेपाली काग्रेस नै भएको भन्दै नेपाली कागे्रसका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार जिताउनु आग्रह गरेका छन् । बाजुराको विकास लागि जैतुन, जडीबुडीको प्रसोधन तथा प्रबद्धनको लागि पहल गर्ने आश्वासन दिएर आज नै बझाङ्ग प्रस्तान गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार