बामगठबन्धनलाइ लच्छित गरिएको बम विस्फोट हुदा ८ घाइते,

  मूलधार सम्वादाता  435 पटक हेरिएको

राैतहट-  रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरनजिक आज बम विस्फोट भएको छ । विस्पोटमा परी ८ जना घाइते भएका छन् ।

चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धन ५ नम्बर वडा भेला सम्पन्न भएर कार्यकर्ताहरु खाजा खान हलबाट जादै गर्दा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते हुनेहरुमा ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले लगाएतका रहेका छन ् । घाइते सीता र जैविक राई आमा छोरा रहेको वताइएको छ ।

बम विस्फोटमा परी घाइते भएका गोपाल बिक र यमुना काफ्लेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार र अरु घाइतेलाई उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

विस्फोट भएको बम कुन हो भन्ने सम्बन्धमा छानबिन भइरहेको र विस्फोटको जिम्मा कसैले पनि नलिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार