निर्वाचन अपडेट : फेरी आज काँग्रेस कार्यकर्तामाथि बम प्रहार

  मूलधार सम्वादाता  306 पटक हेरिएको

अोखलढुंगा-  वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी शनिबार बिहान बम विस्फोट गरिएको छ ।

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिए । विस्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए ।

वाम गठबन्धनको चुनावीसभामा नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली काँग्रेसको चुनावीसभामा भने काँग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार