चितवनमा सवारी दुर्घटनामा परी एक महिनामा मृत्यु हुनेको संख्या ११ पुग्यो,

  मूलधार सम्वादाता  364 पटक हेरिएको

चितवन-  चितवनमा पछिल्लो एक महिनामा सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरले कार्तिक महिनामा सवारी दुर्घटनामा परि ११ जनाको मृत्यु भएको जानकारी जनाएको छ । दुर्घटनामा परि ६८ जना घाईते भएका छन् । एक महिनामा कुल २८ वटा दुर्घटना भएका थिए । जसमध्ये १९ वटा सवारी साधनमा क्षति पुगेको थियो । एक महिना अवधिमा ७ वटा बस, ६ वटा ट्रक, ३ वटा जीपकार, ११ वटा मोटरसाईकल अन्य ८ वटा सवारी साधन गरि ४३ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।

जिल्लामा सवारी दुर्घटनाको कारण भने तिव्र गति र साँघुरो सडक नै भएको प्रहरीको भनाई छ । चितवनमा पछिल्लो समय हरेक क्षेत्रमा सवारी चाप बढ्दो छ । जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न कामहरु समेत भईरहेको ट्राफिक प्रमुख पन्तले बताउनुभयो ।

“सवारी दुर्घटना न्यूनीकरण गर्न हामी प्रयासरत छौं, धेरै कामहरु पनि अगाडि बढाईरहेका छौं”–ट्राफिक प्रहरी प्रमुख पन्तले भन्नुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहयोगमा एकै महिनामा १४ वटा भन्दा धेरै क्रियाकलापहरु गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण अन्तरगत नै रहेर नारायणगढ बजारको लायन्सचोकदेखि पुलचोकसम्म हाईवे पार्किङ निषेध गरिएको छ भने ७५ वटा सार्वजनिक सवारी साधनहरुमा २० बुँदे आचारसंहिता टाँस गरिएको छ । यस्तै खैरहनी नगरपालिका १ तरकारी चोक र बहेरा चोकमा सचेतनामुलक बोर्ड राखिएको छ ।

त्यसैगरि विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा सचेतना मुलक कार्यक्रमहरु गरिएको र आगामि दिनमा त्यस प्रकारका कार्यक्रहरुलाई निरन्तरता दिने ट्राफिक प्रहरीले जनाएको छ । नारायणी अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार