एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा- Live

 471 पटक हेरिएको

काठमाडाैं-  मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

अपडेट : सातौ ओभरमा नेपालले १४ रन जोडेको छ । कप्तान ऐरीले १ र अनिल शाहले २ चौका हानेका छन् ७ ओभर सकिँदा नेपालको स्कोर रन २६ पुगेको छ २ विकेटको क्षतिमा

कप्तान ऐरीले चौका हानेका छन्

चौथो ओभरमा नेपालको दोस्रो विकेट गुमेको छ । जितेन्द्र सिंह आउट भएका छन् । कप्तान दिपेन्द्र ऐरी व्याटिङमा आएका छन्

दोस्रो ओभरमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख आउट भएका छन् ।

बिहीबारको पहिलो सेमिफाइलनमा बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा पुग्न सफल भएको छ । २०१२ देखि यू-१९ एसियाकप खेल्न सुरु गरेको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारत र मलेसियालाई हराउँदै नेपालले सेमिफाइलनमा स्थान बनाउँन सफल भएको हो ।

हेर्नुस् लाइभ भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार