धन र मन भएका बिल गेट्सका १० महत्वपूर्ण विचारहरु, अध्ययन गर्दा भविष्यको बाटो देखाउन सक्छ

जसले जीवनको समिक्षा गर्दै भविष्यको बाटो देखाउन सक्छ

 392 पटक हेरिएको

विश्वमा धनी र गरिबबीचको खाडल बढिरहेको छ । भर्खरै अक्सफामले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार अहिले विश्वको कुल सम्पत्तिमध्ये आधा त विश्वका धनी आठ व्यक्तिहरूको सम्पत्ति हो ।

यही आठ धनीमध्येका एक नाम हो बिल गेट्स । ९१.६ बिलियन डलर धनी उनी सहयोग गर्न भने उदार छन् ।

धन र मन भएका बिल गेट्सका १० महत्वपूर्ण विचारहरु यहाँ प्रस्तुत गरिएको छ, जसले जीवनको समिक्षा गर्दै भविष्यको बाटो देखाउन सक्छ-

१. गरिब जन्मिनु तपाईंको कुनै गल्ती होइन तर, यदि तपार्इं गरिब नै मर्नुभयो भनेचाहिँ त्यो तपार्इंकै गल्ती हो ।

२. सफल नेतृत्व त्यसलाई मात्र मानिन्छ, जसले आवश्यक परेकालाई सहयोग गर्न कुनै अप्ठ्यारो मान्दैन ।

३. आफूलाई अरु कोहीसँग पनि तुलाना नगर्नुहोस् । यसो गर्दा तपाईंको आत्मविश्वास कमजोर हुन्छ ।

४. यदि तपार्इंसँग पैसा छ भने तपार्इं विश्वको कुनै पर्वाह गर्नुुहुन्न । तर, तपाईंसँग पैसा छैन भने याद गर्नुहोस्, विश्वले तपार्इंको पर्वाह गर्ने छैन ।

५. सफलताको खुसी मनाउनुहोस्, तर तपार्इंले आफ्नो असफलताबाट पनि सिक्न नछोड्नुहोस् ।

६. नयाँ विषय तथा वस्तुसँग मानिसहरू डराउँछन् र कालान्तरमा त्यसलाई स्वीकार पनि गर्छन् । विद्युत् नै पनि यसको उदाहरण हो।

७. यदि तपाईंले केही बढी गर्नुपर्ने छ भने याद गर्नुहोस्, तपार्इंले रिस्क पनि लिनुपर्छ ।

८. कुनै पनि अप्ठ्यारो काम गर्नुपर्नेछ भने अल्छीहरूलाई छान्नुहोस्, उनीहरू काम गर्नका लागि अत्यन्त सहज तरिका छान्छन् ।

९. यदि तपार्इंलाई तपाईंको शिक्षक ठीक छैन भन्ने लागिरहेको छ भने केही समय पर्खनुहोस्, मालिकलाई भेटेपछि शिक्षकबारे धारणा बनाउनुहोस् ।

१०. कुनै पनि कुरा अत्यन्त राम्रोसँग गर्न सक्ने तपाईको क्षमता छैन भने त्यसलाई राम्रो देखाउने प्रयासचाहिँ गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार