काँग्रेस जनसम्पर्क समिति कतारद्धारा चुनाव प्रचारप्रसार समिति गठन

  महेश कार्की  344 पटक हेरिएको

कतार-  जनसम्पर्क समिति कतारले चुनाव प्रचारप्रसार समिति गठन गर्यो । दोहा- नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारले आशन्न प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसका उमेद्ववारहरुलाइ बिजयी गराउन प्रवासबाटै उपसमिति गठन गरि प्रचार प्रसार तिब्र पारेको छ ।

जनसम्पर्क समिति कतारका माहामन्त्री मो. अजिज अलिको संयोजकत्वमा कार्यसमितिका सबै रहनेगरी ३१ सदस्सीय मूल समिति र ७ वटा प्रदेश संयोजक चयन गरेको छ ।

साथै प्रतेक प्रदेशका संयोजकले २१ सदस्सीय समिति गठन गरेका छन जुन समिति भित्र प्रदेशका सबै जिल्लाका १ जना रहने गरि समिति बनाइएको महामन्त्रीले जानकारी दिए र जिल्ला सदस्यले आफ्नो संयोजकत्वमा आफ्ना प्रत्यक क्षेत्रका १ जना सदस्य रहने गरि समिति बनाउन समेत व्यवस्था गरेको छ यसरि देशै भरिका कांग्रेस उमेद्ववारहरुको लागि सामाजिक संजाल मिडिया र फोन मार्फत मतदाताहरु संग मत माग्ने अभियान सुरु गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयले चुनावमा सघाउन समिति गठन गरि प्रचार प्रसार गर्न सबै जनसम्पर्क समितिहरुलाई पत्राचार गरि निर्देशन दिएको थियो सोहि अनुरुप कतारमा पनि समिति गठन गरिएको महामन्त्रीले बताए l साथै जनसम्पर्क समितिमा आवद्दहरुलाई चुनावका लागि नेपाल जान र नेपालमै रहेका हरुलाई चुनावी अभियानमा जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै सक्रिय रुपमा खट्न निर्देशन दिएको छ ।

अहिलेको को युग भनेको प्रबिधिको भएकाले अधिकांश मतदाताहरु मिडिया सामाजिक संजाल संग जोडिएकाले यो अभियान सार्थक र उपलब्धिमुलक रहनेमा बिश्वस्त छन समितिको सल्लहाकारहरुमा कांग्रेस महासमिति सदस्य बद्रि पाण्डे, नरेन्द्र भाट र महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह र धिरज चामलिंग राइ र कावा सभापति शंकर न्यौपाने रहेका छन् ।

त्यसै गरि प्रदेश संयोजकहरुमा प्रदेश नं -१ अर्जुन चापागाई प्रदेश नं -२ मो. शाकिर अलि प्रदेश नं -३ इश्वर पौडेल प्रदेश नं -४ दिपेन्द्र जंग लामिछाने प्रदेश नं -५ कमल अर्याल प्रदेश नं -६ सुरत बहादुर बिष्ट प्रदेश नं -७ कृष्ण अयर रहेका छन ।

जनसम्पर्क समितिले आफ्नो आधिकारिक पेजबाट दैनिक चुनावी प्रचारप्रसारका पम्प्लेटहरु पोस्ट गर्दै आएको र प्रचार प्रसार समितिले आफ्नो काम तिब्र रुपमा गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार