निर्वाचन अपडेट : नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै गोरखामा माइन बम विष्फोट

  मूलधार सम्वादाता  376 पटक हेरिएको

गोरखा-  बाम गठबन्धनका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै गोरखामा माइन बम विष्फोट गराइएको छ । बम विष्फोट भएपनि कुनै क्षति नभएको श्रेष्ठका सहयोगि बाबुराम धरेलले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार सर्भेखोला नजिकै उक्त विष्फोट भएको हो । उम्मेदवार श्रेष्ठसहितको टोली सोही बाटो हुदै फर्कर्ने कार्यतालिका रहेको थियो ।

तर, टोली उक्त स्थानबाट कटिसकेपछि विष्फोट भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार