पुष्कल शर्माको आवाजमा “प्युठान झर्छु मायालु ” (भिडियो सहित)

  आर पोखरेल  410 पटक हेरिएको

काठमाडौं, कार्तिक २९ गते । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा अहिलेका निकै चर्चित गायक पुष्कल शर्मा र गायिका देवि घर्तिमगरको मार्मिक लोकदोहोरी एल्बम “ प्युठान झर्छु मायालु ” आजबाट युटुव मार्फत बजारमा आएको छ ।

कसैको चोखो मायामा धात हुदाँ मायामा हुने विचलन र दुखको पिडालाई गितमा ब्यक्त गर्न खोजिएको छ । आफुले गरेको विश्वासको सम्वन्धलाई तोडने मायालुलाई छुटने बेलामा भन्न नपाएका मनका भावहरु गितमा व्यक्त गरिएको छ ।

जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा मौलिकतामा विशेष रुपमा जोड दिइएको छ । नविन मगरको शब्द सिर्जना , सागर केसीको संगित रहेको छ ।सागर गौतमको छायाँकन, मिलन विश्वकर्माको सम्पादन ,विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । “प्युठान झर्छु मायालु”मा विष्णु कुवँर , निता मगरको अभिनय भिडियोमा रहेको छ ।

“प्युठान झर्छु मायालु”को भिडियो हेर्न तल क्लि गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार