मनोमानी गरेको भन्दै गैर आवासीय नेपाली संघ क्युश्युका संयोजकलाइ निष्कासन- विज्ञेप्ती सहित

  मूलधार सम्वादाता  329 पटक हेरिएको

टोकियो-   गैर आवासीय नेपाली संघ क्युश्यु क्षेत्रीय कमिटिको २०१७/११/१३ मा बसेको बैठकले क्षेत्रीय संयोजक लक्ष्मण बानियालाई बहुमत सदस्यको निर्णयले निष्काशन गरिएको छ ।

समाजमा भएको नराम्रा गतिबिधिको अन्त्य ,आपतमा परेकाहरुलाई सरसहयोग लगाएत हाम्रो सस्कार संस्कृतिलाइ जगेर्ना गर्ने जस्ता पबित्र उद्देश्य बोकेको सामाजिक सस्थामा ब्यक्तिबादी हाबी र असामाजिक गतिबिधि बढ्दै गैरहेको हुदा अध्यक्षलाइ केद्रीय समितिले दिएको अख्तियार दुरुपयोग गर्दै आफ्नो पक्षलाइ मात्रै राखी अध्यक्षको एकल निर्णयले गरेको कुकार्यलाई सामना गर्न कार्यबाहक संयोजक देवराज उप्रेतीको अध्यक्षमा बसेको बृहत बैठकले बहुमत सदस्यहरुको सर्वसम्मतमा लक्ष्मण बानिया असक्षम ठहर गर्दै देव राज उप्रेतीलाई संयोजकमा चयन गरिएको छ ।

सामाजिक कार्यमा संग्लग्न व्यक्तिहरुमा बिबिध खालको कुरा आउनु सामान्य हो तर यसलाइ व्यक्तिगत रिसिबिका कारण समाज भड्कने खालको कार्य गर्नु न्यायोचित हुदैन ।

२०१७ अगष्ट २५ तारिख संयोजक लक्ष्मण बानियाले देवराज उप्रेतीलाई दिएको कार्यबाहक संयोजकको अनुमतिलाई अनुशरण गर्दै बहुमत सदस्यहरुको उपस्थितिमा बसेको बैठकले गरेको निर्णय बमोजिम निर्वाचन प्रक्रियामा भएको कमीकमजोरीलाई सुधारको माग गरिएको थियो ।

हाम्रो मागलाइ केहि हद सम्म सम्बोधन गरेको र हामीले निर्वाचनलाई पूर्णरुपमा समर्थन गर्न नसक्ने भएकोले निर्वाचन सहभागी हुनेलाई सहभागी हुन दिएको थियो ।निर्वाचन सम्बन्धि विवाद तपाई हामी सबैलाई सर्वविद नै छ।त्यति लामो विवाद र केन्द्रिय कमिटीमा सबैलाई मिलाएर गैसकेको र फुकुओकामा सबै मिलेर बसेको अवस्थामा केद्रीय कमिटिको आडमा अध्यक्षको एकलौटी निर्णयलाइ पूर्णत अस्विकार गरि बहुमत सदस्यको सर्वसम्मतमा निष्काशन गरेको हो ।

जापानको केन्द्रिय कमिटि र क्षेत्रीय संयोजकले सबैलाई मिलाएर लैजानुको साटो समाज भड्कने खालका असबैधानिक गतिबिधि प्रति चौतर्फी बिरोध भैरहेको छ ।अबका दिनमा यस्ता गतिविधिले सबैलाई असर गर्ने हुदा सबै सचेत हुन आवश्यक छ । बिगतमा भएका सामान्य घटनाहरुलाई उठान गर्दै अख्तियारी दुरुपयोग गर्नु हामी सबैको दुर्भाग्य हो ।हामी कुनै हालतमा पनि कुकार्य हेरेर बस्न सक्दैनौ अबका दिनमा जस्तोसुकै कदम चल्न पनि तयार छौ ।आसा छ जिम्मेवार व्यक्तिहरुले बुझेर जाने छन् । छत्र दाहाल भन्छन ।

नियम कानुन भन्दा माथि रही व्यक्तिबादी हावी भएको र आफैले दिएको अधिकार नियम नबुझ्ने अबुझहरु सामाजिक कार्यमा अगाडी आउनु उपयुक्त हुदैन निवर्तमान संयोजक किरण बर्मा भन्छन। त्यस्तैगरि संयोजक लक्ष्मण बानियाले लामो समय देखि नियमित बैठक माग गर्दा समेत बैठक स्थगित गर्दै एउटा कोठामा केहि अप्राकृतिक गुठ बनि हामी प्रति लक्षित गरि संयोजक र केद्रीय सदस्य जस्ताले चलेको असंबैधानिक कदमको जवाफ स्वरुप हामीले यो कठोर कदम चल्न बाध्य भएका हौ ।

कार्यबाहक संयोजक देवराज उप्रेती भन्छन। केद्रीय समितले क्षेत्रीय समितिको बिबादको बिषयमा चित्त नबुझेको सदस्यहरु सग कुनै पनि छलफल नगरी एकलौटी सम्योजको मात्र कुरा सुनी हामीलाई मात्र गरिएको असंबैधानिक कदमको भण्डाफोर गर्दै जाने छौ।

गैर आवासीय नेपाली संघ जस्तो सस्थाले नियम कानुन मिचेर निषेधको व्यवहार गर्दै जादा समाजमा ठुलो विवाद हुदै जाने हुदा जिम्मेवार व्यक्तिहरुले समयमा नै उचित कदम चल्नु आवश्यक छ । उपसंयोजक नवराज गौतम भन्छन । हेर्नुहोस् विज्ञेप्ती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार