पदम शाही हराउन काँग्रेस छोडेँ : रावल

  मूलधार सम्वादाता  757 पटक हेरिएको

बाजुरा- नेपाली काँग्रेसका पूर्व पार्टी सभापति मनबहादुर रावलले कुनै लोभ र व्यक्तिगत स्वार्थले पार्टी नछोडी पार्टीका गतिविधि र व्यक्तिवादी चरित्र मन नपरेपछि काँग्रेस त्यागेको बताउनु भएको छ ।

रेडियो बाजुराको नियमित कार्यक्रम साझा सरोकारसँग कुरा गर्दै रावलले पैसाको लोभका कारण पार्टी छोडेको आरोप तथ्य हिन, कपोकल्पीत र पूर्वाग्रही भएको बताउँदै काँग्रेस सिद्धान्त र आस्था बिर्सिएर व्यक्ति, परिवार र आसेपासेको पार्टीमा सीमित बनेपछि पार्टी छोडेको प्रष्ट पार्नुु भएको छ ।

२५ वर्ष सभापति भएर काँग्रेसलाई जिल्लाको ठूलो दल बनाउँदा पनि केही नेताहरुले आरोप, लाञ्छना मात्र दिएको गुनासो गर्नु हुँदै रावलले मृत्युसँग लडिरहँदा श्रद्धाञ्जली दिने काँग्रेस भनिएका केही व्यक्तिहरुसँग बदला लिन पार्टी छोडेको बताउनु भएको छ ।

उहाँले मलाई २०७० सालमा पराजित गर्न माओवादी भएका काँग्रेसका उम्मेदवार पदम शाहीलाई हराउनु एकमात्र लक्ष्य भएको बताउँदै मेरो समर्थक र शुभेच्छुुकहरुलाई फोन सम्पर्क मार्फत बाम गठबन्धनलाई सघाउन आग्रह गरिरहेको बताउनु भएको छ ।

पार्टी छोड्नु पूर्व शिक्षक महासंघका अध्यक्ष जनक शाहीसँग मात्र कुराकानी भएको बताउँदै रावलले पुनः काँग्रेसमा फर्किने हल्लाको पछ नलाग्न आग्रह गर्नु भएको छ । रावलले पञ्चायतमा प्रकाश बहादुर सिंहले जागिरबाट हटाउँदा समेत नझुकेको स्मरण गराउँदै काँग्रेस शिर्ष नेताको दबाबमा पार्टीमा फर्किने हल्ला निराधार भएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार