काँग्रेसले गर्यो निर्वाचन आचार संहिताको उल्लंघन, प्रमाण सहित

  मूलधार सम्वादाता  343 पटक हेरिएको

बाजुरा-  नेपाली काँग्रेसले निर्वाचन आचार संहिता विपरित कार्य गरेको पाईएको छ । निर्वाचन आचार संहिता विपरित बजार क्षेत्रमा पर्चा पम्पलेट मार्फत प्रचार गरेर आचार संहिता उल्लङ्घन गरेको हो ।

निर्वाचन आचार संहिता २०७२ मा कुनै दल वा उम्मेदवारले पर्चा पम्पलेट, टिसर्ट, टोपी भेष्ट लगायतका सामाग्री निर्माण र प्रयोग गर्न नपाईने प्रावधान रहेको छ । तर काँग्रृस बाजुराले भने त्यसको विपरित रंगीनमा पर्चा पम्पलेट निर्माण गरी मार्तडी बजारमा टाँस गरेको छ ।

काँग्रेस कार्यकर्ताले रातीको समय कसैलाई जानकारी नै नहुने गरी प्रत्येक गल्ली र चोकमा निर्वाचनका उम्मेदवार सहीतको रंगीन पेपरमा पोष्टर छपाई गरेर टाँस गरेको देखिएको छ ।

बजारमा खुलेआम प्रचार सामाग्री टाँस गरेको देखिएपनि सरोकार राख्ने निकाय मौन देखिएको छ । स्थानीय सर्वसाधारणले काँग्रेसले आचार संहिता विपरित कार्यगर्दा पनि निर्वाचन कार्यालय मौन बसेको बताएका छन् ।

निर्बाचन आचार संहिता परिक्षेद २ को (झ) मा निवर्बाचन सम्बन्धी प्रचार प्रसारका लागि धार्मीक सास्ंकृतिक ऐतिहासिक ठाँउ नीजि घरमा पोष्टर टाँस्न नपाइने उल्लेख छ । त्यस्तै सोही बुदाको ज को १ मा प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनमा दलको निर्बाचन अंकित चिन्ह ज्याकेट टोपी टि सर्टको प्रयोग गर्न नपाउने कुराहरु उल्लेख गरिएको छ ।

यता निर्वाचन कार्यालयले भने आचार संहिता विपरित जाने जो कोहीलाई पनि कारवाही गर्ने बताउँदै आएको छ । उजुरी परेको खण्डमा र प्रमाणीत भए कारवाही गर्न कार्यालय तयार रहेको निर्वाचन अधिकारी सुभद्रा शर्मा गौतमले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार