शक्ति विष्फोट- उत्तेजक ज्ञानको बारेमा अध्ययन गर्नुहोस्- डा.विकासानन्द योगी

 559 पटक हेरिएको

यहाँहरूसमक्ष उत्तेजनाजन्य ज्ञानबारे अवगत गराउन गइरहेको छु । मान्छेको जीवनमा स्पष्ट रूपमा दुईवटा पडाव (पाटा) छन् । एउटा हो बौद्धिकता र अर्को होसंवेग । मान्छेको सभ्यता भनेको बुद्धिमा आधारित छ । त्यसैले हाम्रो सम्पूर्ण शिक्षा, समाज आदिले बुद्धिलाई प्रश्रय दिएको पाइन्छ ।

परिणामस्वरूप,बौद्धिक रूपमा हामी बुद्धिमान् र सशक्त हुँदै गयौं तर भावनात्मक रूपमा दिन–प्रतिदिन क्षीण–हीन हुँदै जटिल जिन्दगी बाँच्न बाध्य भइरहेका छौं । सभ्यताकोशिखर छोएका देशहरूमध्ये एउटा अमेरिका पनि हो । त्यहाँको आँकडाअनुसार  ,त्यहाँ ७५ प्रतिशत विवाह सम्बन्ध विच्छेदमा टुङ्गिन्छन् । करोडौं–करोड मानिसआफ्नो पारिवारिक सम्बन्धलाई जोगाउन सफल छैनन् ।

छोराछोरी र आमाबाबुबीचको पुस्तान्तर झन्–झन् ठूलो हुँदै छ । मान्छे–मान्छेबीचमा जुन भावनात्मक सम्बन्ध आदानप्रदान हुनुपर्ने हो, सौहाद्र्रता तथा प्रेम हुनुपर्ने हो, यी सबै धमाधम क्षीण हुँदै गइरहेका छन् । यो एक किसिमको रोगबाट हामी पनि मुक्त भएका छैनां ।

प्राय हामी सबै शिक्षित छौं, पढ्न लेख्न आउँछ तर यथार्थमा पढे लेखेर शिक्षित कहलिएकाहरू भावनात्मक रूपमा सबभन्दा बढी दरिद्र भएको देखियो । हाम्रो सभ्यताले बुद्धिको विकासमा जोड दिन सिकायो, तर भावनालाइ वास्ता गर्न सिकाएन । मान्छेको ज्ञानको, मुक्तिको अर्को स्रोत हो– भावना, उत्तेजना, संवेग आदि । अहिलेसम्म हामीले बुद्धिको स्तरको कुरा गर्दै आयौं । क्ष्त्त को आधारमा बुद्धि नाप्दै, तौलँदै आयौं कि जसकोक्ष्त्त बढी छ ऊ अझ बुद्धिमान्, सफल, जागिरको लागि योग्य हुन्छ तर जसको क्ष्त्त कम छ, उसलाई अयोग्य, कमजोर र बुद्धिहीन ठानिन्छ । मान्छेको शक्ति, मान्छेको ज्ञान, मुक्ति, बुद्धिमा मात्रै आधारित हुँदैन भन्ने कुरा धर्तीमा पहिलो पटक वैज्ञानिक रूपमै प्रमाणित हुँदै छ ।

यस धर्तीमा जति पनि शक्तिशाली मानिस जन्मिए, महान् मानव देखा परे, ती सबै महान् हुनुको कारण शिक्षा मात्र होइन भन्ने कुरा पहिलो पटक शिक्षाले नै पत्ता लगायो । शिक्षाभन्दा पनि धेरै माथि हुन्छ उत्तेजनाजन्य ज्ञान । यसका लागि शिक्षित हुनु पनि पर्दैन । यदि उत्तेजनाजन्य ज्ञान छ, तर शिक्षित छैन भने पनि त्यो व्यक्तिले दुनियाँलाई हाँक्न सक्छ, त्यो व्यक्ति सर्वश्रेष्ठ बन्न सक्छ ।

यसको उदाहरणमा हिटलरलाई लिन सकिन्छ । उनी आठ कक्षा मात्र पास भएका व्यक्ति थिए, तर उनमा भएको साहसका कारण राष्ट्रप्रमुख हुन सफल भए । यो उनको कुनै षड्यन्त्र नभएर उत्तेजनाजन्य ज्ञानको करामत थियो । मानव इतिहासमा पहिलोपटक यो संसारलाई हाँक्ने वा वशमा पार्ने व्यक्तिहरू सुशिक्षित भित्रका मात्र होइनन् भन्ने कुरा प्रमाणित हुँदै छ । तर हामीलाइ सार्है ठूलो धोका, भ्रमको जञ्जालमा फसाइयो कि शिक्षा पाइयो वा शिक्षित भइयो भने हामी धन्य हुन्छौं ।

हामीलेयसैबाट मान्छे सफल हुन्छ, महान् हुन्छ, शक्तिशाली हुन्छ भनेर पाठ पढ्दै आयौं, तर यो बिलकुल त्रुटिपूर्ण कुरा हो भनेर आधुनिक भौतिकशास्त्रीहरू र वैज्ञानिकहरूले प्रमाणित गर्दै छन् । यस सन्दर्भमा एउटा प्रसङ्ग प्रस्तुत गर्दै छु । यस संसारको सबभन्दा धनी व्यक्तिको नाम विदितै छ— बिल गेट्स । उनी कलेज ड्रप आउट थिए, तर उनी संसारकै धनी व्यक्ति कहलिए । जब कि विद्यावारिधि उत्तीर्ण गरेका मान्छेहरू उनका कामदार बन्न पुगे । यस प्रसङ्गबाट शिक्षाको पोल पहिलो पटक खोलिंदै छ ।

हामी सबैलाई बौद्धिकता वा बुद्धि नै ठूलो लाग्नु स्वाभाविक नै हो किनभने आजसम्म त्यही सिक्दै आइरहेका छौं । तर यसो होइन रहेछ, सबभन्दा ठूलो कुरा त भावुकता, उत्तेजना आदि रहेछन । उत्त ् ेजनाका दुईवटा धार छन्, मानौं यो एउटा तलवार हो । यदि यो तलवारको धार सुल्टो प¥यो भने मान्छेलाई कुनै पृष्ठभूमिबिना नै कहाँदेखि कहाँ  ¥याइदिन्छ । यदि उल्टो धार प¥यो भने त्यही धारबाट काटिएर मान्छे समाप्त हुन्छ । आध्यात्मिक यात्रामा २ वटा मार्ग मानिन्छ ।

डा. विकासानन्द योगीको विचार क्रान्ति पुष्तकबाट

यो पुष्तक जीवनमा निकै काम लाग्ने भएकोले एक पटक बजारबाट किनेर अनिवार्य अध्ययन गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार