सुदुरकी चेली रोजीको रोजाई

 1862 पटक हेरिएको

प्रदेश नं ७ को बिकट अछाम जिल्लाको साँफेबगरमा  २०५२ मा जन्मीएकी मोडेल रोजी कुँवर पछिल्लो समय अभिनयमा मोडेल स्टार बन्न सफल भएकी छन ।

चम्किलो मुहार, लोभैलाग्दो मुस्कान भएकी मोडेल रोजी कुँवर सभ्य,शालिन,मिलनसार, र  रुपकी धनी मोडेलको रुपमा स्थापित बन्दै आएकी छिन ।आफ्नै गाँउमा रहेको स्थानिय बिध्यालयमा एस एल सी सम्मको अध्यन सकेर राजधानी आएकी मोडेल रोजीको बिएड सम्मको अध्ययन पुरा गरिसकेकी छिन।  सानै उमेर देखी नाँच गानमा रुची राख्दै आएकी मोडेल रोजीले छोटो समयमै अभिनयमा राज गरि रहेकी छिन । देउडा,दोहोरी तथा आधुनिक लगायत दुइ  दर्जन गितहरुमा अभिनय गरि सकेकी  शुदुर शुपर स्टार मोडेल रोजी यति खेर दर्शक,आफन्त र संगितका अगुवाइहरुको माया पाएर मोडेल क्षेत्रमा निकै नै ब्यस्त रहँदै आएकी छिन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार