नेपालले दियो भारतलाई १ सय ८६ रनको लक्ष्य,

 315 पटक हेरिएको

काठमाडाैं-   एसिसी यू– १९ एसिया कपमा नेपालले भारतलाई १ सय ८६ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो

नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन जोडे । उनले १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का हिर्काए।

ओपनर जितेन्द्रसिंह ३६ रनको योगदान गरे। उनले ९५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर आसिफ शेख ३ रन मात्र जोड्न सके। अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल पनि ६ रनमै पेभेलियन फर्के। भीम सार्कीले पनि १५ रनको योगदान गरे। उनले २२ बलमा २ चौका र १ छक्का हिर्काए। पवन सर्राफ १ रनमै पेभेलियन फर्के।कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए।

सन्दीप लामिछानेले नटअाउट ९ र किशोर महतोले नटआउट ७ रन जोडे।

बलिङतर्फ भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २–२ विकेट लिएका छन्। मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपाललाई बंगालदेशले २ विकेटको झिनो अन्तरले हराएको थियो। एसिया कपअन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार