बाहिरीयो सनसनी पूर्ण निर्णय : काँग्रेस र नेपाली सेना मिल्यो

  मूलधार सम्वादाता  360 पटक हेरिएको

काठमाडाैं-  प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक धर्मनिरपेक्ष भइसकेपछि हिन्दू, बौद्धलगायतका धर्मको संरक्षणमा अभिव्यक्ति दिएपछि नेपाली सेनाको उच्च नेतृत्वले त्यसको स्वागत गरेको छ ।

देउवाले कम्युनिष्टहरूले आफ्नो शासन ल्याए भने पहिलो प्रहार धर्म र संस्कृतिमाथि हुने भनेर अभिव्यक्ति दिएपछि सेनाका अधिकारहरूले खुसी व्यक्त गरेका हुन् ।

काठमाडौंस्थित एकजना जर्नेलको निवासमा शनिबार साँझ भएको गोप्य भेलामा उनीहरूले कम्युनिष्टहरू विरुद्ध नेपाली सेनालाई सक्रिय बनाउन पहल गर्नुपर्ने विषयमा छलफल गरेको उच्च स्रोतले जनाएको छ ।

कम्युनिष्टहरूको गठबन्धनले नेपालमा राष्ट्रियता र धर्म संस्कृतिमाथि खतरा उत्पन्न गराएको भन्दै उनीहरू आगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न सक्दो सहयोग गर्ने विषयमा पनि एकमत भएको स्रोतले जनाएको छ ।

नेपाली सेना पनि कम्युनिष्टहरूको गठबन्धनबाट रुष्ट छ । सेनाले आवश्यक पर्दा राष्ट्र र राष्ट्रियताविरुद्ध कमद उठाउनुपर्नेमा जर्नेलहरूको गोप्य भेलाले ठहर गरेको छ ।लालिगुराँस अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार