त्यो दिल भित्र (गजल)

  इश्वर नाथ  425 पटक हेरिएको

त्यो दिल भित्र मैले बस्ने,ठाउँ कस्तो छ ।
पलपलमा तिम्ले डाक्ने,नाउँ कस्तो छ ।।

थोरै भयो छुट्टीयको,तर धेरै याद आउछ ।
तिमि बस्न त्यो ठाउँको, गाउँ कस्तो छ ।।

पिङ खेलेको,कसम खाको,मालिकाको छेउमै ।
तिम्रो ओठमा चुम्वन खाको, घाउँ कस्तो छ ।।

उकालोको छोटो बाटो, हात समाएर हिड्थ्यौ ।
हिड्दा हिड्दै डाम परेको,पाउँ कस्तो छ ।।

नाई भन्दा भन्दै जबरजस्ति, मेरै छेउमा बसी ।
नास्ता खाको होटलको, भाउँ कस्तोे छ ।।

सक्छै भने जवाफ देउँ, मुस्कानकि मनकी रानि ।
तिम्ले जित्जे जित्ने हरेक जितको दाउँ कस्तो छ ।।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार