कञ्चनपूरबाट आयो काँग्रेसका लागि बम्पर उपहार, बामगठबन्धन हार्ने सम्भावना बढ्यो

  मूलधार सम्वादाता  710 पटक हेरिएको

कञ्चनपूर-  नेपाली सेनाका पूर्व सेनानीसहित ७६ जना पूर्व सैनिक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत पर्ने वेदकोट नगरपालिका–७ मुसेपानीमा शनिबार आयोजित कांग्रेसको चुनावी सभामा पूर्व सेनानी नैनसिँह चैंसिरसहित पूर्व मानार्थ उपसेनानी, प्रमुख सुवेदार, जमदार, हुद्दा, अमलदार, तथा सिपाई गरी ७६ जना पूर्व सैनिकहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्यसमेत एनपी साउदले पार्टी प्रवेश गराएका हुन् ।

सेनाका पूर्व सेनानी चैंसिरले पूर्व मानार्थ उपसेनानी शेरसिँह भण्डारी, प्रमुख सुवेदार तिलक चन्द, जमदारहरु मिनराज भट्ट, मोहनसिँह धामी, प्रेमसिँह रैखोला, हुद्दा आनसिँह विष्ट, आनसिँह चैंसिरलगायत वडा नम्बर ७ का ७६ जना पूर्व सैनिकहरु कांग्रेस प्रवेश गरेको जानकारी दिए ।

‘‘नेपाली कांग्रेसको सिपाई भएर लोकतन्त्रको रक्षा गर्न पार्टी प्रवेश गरेका हौं ।’’ उनले भने । उक्त कार्यक्रममा एक सयभन्दा बढीले विभिन्न पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले शनिबार दिउँसोसम्म वेदकोट नगरपालिका–७ सुडा र मुसेपानी र भिन्डी चौराह गरी तीन स्थानमा चुनावी सभा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार