पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

  मूलधार सम्वादाता  337 पटक हेरिएको

काठमाडाैं-  पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ। ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा आज बिहान निधन भएको हो।

०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए।

पञ्चायतकालमा उनी तीन पटक प्रधानमन्त्री बनेका थिए। ०२५-२६, ०२८-३० र ०३४-३६ सालमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए।

०३० सालमा सिंहदरबार आगलागी हुँदा विष्टले नैतिकताको कारण जनाउँदै पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार