विहे गर्ने कटा नपाउदा तनावमा छन् गोरखाको बिहिमा, हेर्नुस कारण सहित

  लालिगुरासबाट  574 पटक हेरिएको

गोरखा-  गोरखाका उत्तरी गाउँ बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन्। अहिलेसम्म उनको लगन जुरेको छैन। न त उनको घरमा बिहे गर्ने कुरा गर्छन् । न कसैले उनलाई बिहे गरौँ भन्ने प्रस्ताव राख्छ।

गाउँमा केटाहरू नभएपछि बिही गाउँको केटीहरको बिहे नै भएको छैन । कान्छीले भनिन् ‘गाउँमा केटा छैनन् म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो’ ।

करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन्। बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन्।

‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो?’ स्थानीय देवानी गुरुङले भनिन्। उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन। ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छैन । म त बुढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन्।’

देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटेल गरेर बस्छिन्। अब उनलाई बिहे गरौँ जस्तो पनि लाग्न छाडिसक्यो। ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन् । ‘बिहे गर्न कसलाई पो मन हुँदैन र!’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन्। ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन्। खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटेल व्यवसाय गरेर बसेकी छिन्।

स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको सङ्ख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन्।गोरखाका उत्तरी गाउँ बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन्। अहिलेसम्म उनको लगन जुरेको छैन। न त उनको घरमा बिहे गर्ने कुरा गर्छन् । न कसैले उनलाई बिहे गरौँ भन्ने प्रस्ताव राख्छ।

गाउँमा केटाहरू नभएपछि बिही गाउँको केटीहरको बिहे नै भएको छैन । कान्छीले भनिन् ‘गाउँमा केटा छैनन् म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो’ ।
करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन्। बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन्।

‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो?’ स्थानीय देवानी गुरुङले भनिन्। उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन। ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छैन । म त बुढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन्।’

देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटेल गरेर बस्छिन्। अब उनलाई बिहे गरौँ जस्तो पनि लाग्न छाडिसक्यो। ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन् । ‘बिहे गर्न कसलाई पो मन हुँदैन र!’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन्। ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन्। खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटेल व्यवसाय गरेर बसेकी छिन्।

स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको सङ्ख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन्। लालिगुरास अनलाइनमा समाचार छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार