‘सतिले सरापेको दश नभइ दश/विस जना जुकाहरुले चुसेको यो देशको एउटा रिपोट ! हेर्नुहोस् (सिधाकुरा जततासंगमा)

  न्यूज २४ बाट  475 पटक हेरिएको

काग कराउँदै जान्छ पिना सूक्दै जान्छ भन्ने उखान बनादिएर हाम्रो समाजलाई निरीह बनाइदिने यो उखानको आविष्कारक को होला ? अब त्यस्ता उखानलाई डेट एक्सपाएर घोषणा गर्नुपर्छ । अब मानिस बेकारमा कराउँदैनन । हामीले कार्यक्रम प्रशारण गरेपछि धेरै जेल जाँदै छन् । सरकारी संयन्त्र जो हामीलाई २÷४ दिन उफ्रने लुते लाम्रे सम्झीन्थे आज सर्तक हुन थालेका छन् ।

यो देशका हजारौँ युवाहरु आज छाती ठोकेर सानले भन्दैछन् घुस माग्छस् अहिले भर्खरै भिडियो खिचेर सिधाकुरामा पठाइदिउ ? काग कराउँदै छ पिना सुक्दैछ यस्ता उखानलाई बाइबाई गर्न अब हामी तयार छौँ । जीवन भर राजनीतिलाई सरापेर नहुने रहेछ, समस्या कर्मचारी तन्त्रपनि रहेछ भन्नेकुरा श्रृृङखलाबद्व रुपमा हामीले देखाएका स्टीङ अप्रेशनहरुले प्रमाणीत गरिसके ।

नेपाल यस्तै हो नेपालमा जे पनि चल्छ भन्ने र यो सतिले सरापेको देश हो, यो कहिले पनि उभो लाग्दैन भन्नेहरुलाई गलत सावित गर्न सक्ने शाहस,आँट र क्षमता हाम्रो पुस्तामा छ । यो देशको स्टिमलाई कुनै विदेशीले विगारी दिएको होइन बरु यहाँ भएका केही अघाउन बिर्सेका जुकाहरुले प्रचार गरिरहेका छन् कि यो देश सतिले सरापेको देश हो । सतिको सराप निस्तेज पार्न सक्ने पुस्ताको जन्म भैसक्योे ।

एउटा लुम्रे नेता ८/१० बर्षमा अजिगंर जस्तो हुन्छ, ठेक्का पट्टा मिलाइदिए बापत,कमिशन घिच्छ फेरी कसैले थाहा नपाएझै नाक फुलाएर हिड्छ, माला लाएर आदर्शका गफ चुट्छ, यस्तालाई ५ मिनेट ३८ सेकेण्डमा थुन्न सक्ने संयन्ँत्र छैन अनि देश सतिले सरापेको रे ।

कोही फेरी विदेशीको दलाली गर्छन ,विदेशीको एजेण्डालाई आफ्नो एजेण्डा भनेर चिच्याउँछन्,त्यसरी चिच्याएबापत विदेशी र छिमेकीका दुतहरुले लुकाइ,लुकाई पैसा दिन्छन् अनि सर्टको बटन च्यातिने गरी मोटाँउछ, फेरी कत्तिन कसैले थाहै नपाए जस्तो गरी ठुला ठुला आदर्श र पहिचानको गफ दिन्छन । अनि देश सतिले सरापेको रे । यस्ता दृष्टान्त र उदाहरण त कति हो कति ।

अर्काे ६२ घण्टा १२ मिनेट १२ मिनेट लगातार भट्टाउन सक्छु । देशद्रोही, धोकेवाज,स्वार्थी लाजहिन केही थान मुलुकका दुश्मनलाई नाक रगडीने गरी घिसारेर धरौटी नै राख्न नपाइने गरी जेल चलान गर्न सक्ने आँटीलो शाहसी एउटा मानिस मात्र निस्कीयोस अनि थाहा हुन्छ यो देशलाई सतिले सरापेको हो कि यस्ता जुकाहरुले चुसेको ?

जबसम्म केही थान नेता, व्यापारी, उच्च पदस्त कर्मचारीहरुको कुकर्मले भरिएको फाइल खुल्दैन तबसम्म देशको भाग्य खुल्दैन । बषौँ खाएर फुट्ने गरी मोटाएकोहरु सबका सब फेरी जितेर संसद छिर्दैछन्, थप अनुभवका साथ । हामी वेवकुफ जनता न प¥यौँ, बाँचुन्जेल एउटै रट लगाउँछाँै, सतिले सरापेको देश सतिले सरापेको देश । सतिले सरापेको होईन दश विस जना जुकाहरुले चुसेको देश । हेर्नुहोस् आजको श्रीङ्खला सिधा कुरा जनतासंगको भिडियो 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार