काँग्रेस मुक्त अभियानको नारा बाजुराबाट सुरु हुन्छ : शाही

  बाजुरा सम्वादाता  645 पटक हेरिएको

कोल्टी-  नेकपा एमालेका नेता दयाल बहादुर शाहीले आगामी मंसिर १०  मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाबमा बाजुरामा बाम गठबन्धनको जित सुनिश्चि भएको दावी गनुभएको छ ।

आज विहान सामुदायीक रेडियो बुढिनन्दाको कार्यक्रम समय सन्दभ्रमा बोल्दै नेता शाहीले सो कुराको दाबी गर्नु भएको हो ।शाहीले नेपाली काँग्रेसले चुनाब जित्नु भनेको भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाब जित्नु सरह रहेको आरोप लगाउनु भयो ।

रेडियो बुढिनन्दाको कार्यक्रम समय सन्दभ्रमा बोल्दै एमाले नेना शाही

नेता शाहीले बाजुरा जिल्लामा नेपाली काँग्रेसको पराजय सुनिश्चि भएको समेत जिकीर गर्नुभएको छ। उहाँले नेपाली कांग्रेसको २५ बर्ष सम्म पार्टी सभापति हुनुभएको कांग्रेस नेता मान बहादुर रावल गठबन्धन जिताउन एमालेमा प्रबेश गरेकाले पनी बाजुरमा नेपाली काँग्रेसको स्थिती नाजुक भएको बताउनु भयो ।

नेकपा एमालेका पुर्व जिल्ला सचिब समेत रहनु भएका नेता शाहीले एक फरक प्रसंगमा बोल्दै उहाँले नेपाली कांग्रेका नेताहरुले वि.पि. कृष्ण प्रसाद भट्टराइको नाम बेचेर गुण्डा भरउटेलाई संरक्षण गरेको आरोप समेत लगाउनु भएको छ ।

नेपाली काँग्रेस प्रती आक्रमक रुपमा कार्यक्रममा प्रस्तुत भएका एमाले नेता शाहीले बाम गठबन्धनले चुनाबी मैदानमा उतारेका उम्मेद्धवार नेपाली कांग्रेसका उम्द्धवार भन्दा अबल र बाैद्धिक भएकालेपनी बाजुरमा जिल्लामा बामगठबन्धन ले नेपाली कांग्रेका उम्मेद्धवार भन्दा ६ हजार भन्दा बढि मतले विजयी हुने दावी गर्नु भएको छ।

अर्को प्रसंगमा बोल्र्दै नेता शाहीले कांग्रेस मुक्त नेपालको नारा बाजुरा जिल्लाको स्वामीकार्तिक गाउपालिका बाट सुरु भइसकेको ले अब हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनाब बाट बाजुरामा कांग्रेस मुक्त अभियानमा आफु रहेको समेत बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार