यस कारण एमाले नेताको उम्मेदवारी रद्ध हुदैछ. कारण सहित

  डोटी सम्वादाता  334 पटक हेरिएको

डोटी-  निर्वाचन आयोगले एमालेका तर्फबाट टोडीबाट संघीय प्रतिनिसभा निर्वाचनमा उम्मेदवार रहेका प्रेमबहादुर आलेमगरलाई स्पष्टीकरण सोधेको छ ।

ऋालेले निर्वाचनमा मतदाता प्रभावित गर्न रकम बाँडेको सूचना आएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको हो ।

आले एमालेका निवर्तमान सांसदसमेत हुन् । आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा मतदातालाई रकम बाँडेको भन्ने सूचना आएकाले किन उम्मेदवारी रद्ध नगर्नुपर्ने हो स्पष्टीकरण दिन भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार