यस कारण प्रदेस दुर्इमा वामगठबन्धनको एक सिटपनी आउदैन : सरसफाईमन्त्री यादव

सिँगो मधेसमा नै वामगठबन्धनलाई एक सिट जित्न पनि मुस्किल

  जनकपुर सम्वादाता  309 पटक हेरिएको

जनकपुर-  खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वामगठबन्धनले दुई नम्बर प्रदेशमा एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्समा यादवले वाम गठबन्धनले सिँगो मधेसमा एक सिट पनि चुनाव जित्न नसक्ने ठोकुवा गरेका हुन् । उनले भने, ‘तपाई लेखेर राख्नुहोस्, वाम गठबन्धनले धनुषा त परै जाओस्, २ नम्बर प्रदेशमा एक सिट पनि चुनाव जित्दैन्, किनकी उनीहरु मधस विरोधी पार्टी हुन, मधेसी जनताले उनीहरुलाई भोट नै हाल्दैनन् ।’

धनुषा ४ नम्बर क्षेत्रका उम्मेद्धवार समेत रहेका मन्त्री यादवले आफ्नो क्षेत्र डेमोक्रेटिक क्षेत्र भएकोले जित्न सहज रहेको तर्क गरे । उनले भने, ‘यहाँका जनताले फेरी रुखमा नै भोट हाल्छन् । जित्ने आधारहरु प्रशस्तै छन्, अरु उम्मेद्धवारहरु चुनाव मात्रै लडेका हुन् ।’

एमाले उम्मेद्धवार मधेस विरोधी रहेको र एमालेको सिँगो नेतृत्व पङक्तीले मधेस र मधेसी जनतालाई गाली गरेको भन्दै यादवले धुनषामा वामगठबन्धनले एक सिट पनि जित्दैन भने । सिँगो मधेसमा नै वामगठबन्धनलाई एक सिट जित्न पनि मुस्किल रहेको उनको तर्क छ ।

यादवले मधेसको हकहित र विकासको लागि काँग्रेस नेता विमलेन्द्र निधिले जति काम कसैले पनि नगरेको जिकिर गरे । उनले थपे, ‘हाम्रै नेता निधिजी कै आग्रहमा मधेसमा स्थानीय तहको निर्वाचनमा दोस्रो चरणमा निर्वाचन भयो, मधेसी जनताको अधिकार संविधान संशोधनमार्फत स्थापित गराउन उहाँले जति भूमिका र अथक प्रयास कसैले गरेको छैन ।’

तर निधिका प्रतिद्धन्द्धी राजेन्द्र महतोले त उनलाई आफूले हराउने दाबी गरेका छन् नि ? भनी सोधिएको प्रश्नमा यादवले भने, ‘राजेन्द्र महतो त्यति बलवान भइदिएको भए, उनी सर्लाहीबाट चुनाव लड्थे होलानी । उनलाई सर्लाहीका जनताले त्यहाँबाट भगाइदिएका छन्, परदेशीलाई जनकपुरवासीले रुचाउँदैनन् । महतो टुरिष्ट उम्मेद्धवार हुन् । उनलाई निधिले मज्जाले हराउँछन् ।’

यादवले एमाले–माओवादी केन्द्रबीच बनेको गठबन्धनले नेपालमा साम्यवाद लाद्न खोजिरहेको समेत आरोप लगाए । उनले थपे, ‘हाम्रो देशमा साम्यवाद आयो भने चीनजस्तै व्यवस्था लागू हुन्छ, चुनाव पनि हुँदैन ।’

यादवले आफूले आरामजनक रुपमा चुनाव जित्ने समेत ठोकुवा गरे । उनले भने, ‘मैले चुनाव जित्छु भन्ने कुरा स्वयम अन्य पार्टीका उम्मेद्धवारहरुलाई पनि थाहा छ, एमाले उम्मेद्धवार सिचाई मन्त्रालयको कर्मचारी हुन, उनी राजनीति गरेर आएका व्यक्ति होइनन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार