ऋण तिर्न मलेसिया पुगेका नारायण बहादुरको मृत्यु, मृतक मगर प्रति हार्दिक समबेदना

  यामराज बिष्ट  363 पटक हेरिएको

 सेलेङ्गर-  रोजगारीको सिलसिलामा करिब एघार महिना अगाडी मलेसिया पुगेका सिन्धुलीका नारायण बहादुर मगरको आईतबार निधन भएको छ। सिन्धुली खाङ्साङ् ठुलीवनका नारायण मगर राति एघार बजे तिर साथीहरू संग फोनमा कुरा गरेर खाना खाएर सुतेका उनी बिहान आफ्नै कोठामा एकासी बेहोस हुदा उनको निधन भएको हो ।

उनी मलेसियाको सेलेङ्गर स्थित रहेको दैकिन कम्पनीमा विगत ११ महिनादेखि कामगर्दै आएका मगर खाना खाएर सुतेका उनी आईतबार विहान साढे पाँच बजेतिर उनी एकासी बेहोस अवस्थामा देखेपछि उनका साथीहरूले एम्बुलेन्स बोलाउंदा बोलाउदै उनको एक्कासि निधन भएको थियोे ।

पैसा कमाउने उदेश्यले एघार महिना पहिला मलेसियाको सेलेङ्गर आयका उनी सुरुसुरुमा आयको दुई महिना कमाई ठिक ठिकै भए पनि तर कम्पनी आयको दुई महिना पछि कम्पनी भनेजस्तो नचले पछि आयको ऋण तिर्न उनलाई गाह्रो भएको थियोे।कम्पनीमा भनेजस्तो कमाई नभए पछि स्वदेश गएर केही गर्ने पलान बनायका मगरको सपना केवल सपना समित भयो।उनको ह्रदयघात् को कारणले ज्यान गएको हुन सक्ने उनका साथीहरुले जानकारी दिएका छन्।

उनको सब सुङ्गाइ बुलो हस्पिटलमा पोस्मार्टन्को राखिएको र शब नेपाल पठाउनको लागि कम्पनीले तयारी गरिरहेको उनका साथी फडिन्द्र मगर र बुद्ध तामाङले जानकारी दिएका छन्। मेरो नवलपरासी बाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार