भारतबाट नेपाल आउदै गरेको युवकबाट गोली सहित एअर पेस्तोल प्रकाउ

  रासस  407 पटक हेरिएको

नेपालगञ्ज-  भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई आज एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ वटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी चौकी जमुनहाले जाँच गर्ने क्रममा सल्यान थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार