प्रहरी र माअोवादि विच ५ घण्टा भिडन्त, २० बढीको मृत्यु

  मूलधार संवाददाता  574 पटक हेरिएको

छत्तीसगढ- भारतको छत्तीसगढस्थित सुकमा जिल्लामा सुरक्षाकर्मी र  नक्सलवादीहरुबीच ५ घण्टा लामो भीडन्त भएको छ । भीडन्तमा २० बढी माओवादी मारिएको प्रहरीले दावी गरेको छ ।

सुरक्षाकर्मीतर्फ भने दुई जना मारिएको र ६ जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

भारतमा सशस्त्र संघर्ष चलाइरहेका माओवादीहरुको छत्तीसगढमा निकै प्रभाव रहेको छ । प्रहरीका अनुसार, सडक निर्माणको सुरक्षामा रहेका प्रहरीमाथि लुकेर माओवादीले हमला गरेका थिए ।

यसअघि माओवादीहरुले अर्को टीम पठाएर सडक परियोजनाका प्रबन्धकको हत्या गरेका थिए । माओवादीहरुले १० ट्रयाक्टर र एक पोकल्याण्ड मेशिनमाथि आगो लगाएका थिए ।

न्यूज एजेन्सीका अनुसार, एन्टी नक्स्ल अपरेशनका स्पेशल डिजि डिएम अवस्थीका अनुसार, आइतबार बिहान ११ बजे भीडन्त शुरु भएको थियो । उक्त क्षेत्रमा प्रहरीले खोजी अप्रेशन जारी राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार