डेंगूको उच्च जोखिममा कैलाली

जोखिम नियन्त्रणका लागि सरोकारवालाहरु सक्रिय

  गगन अयडी  437 पटक हेरिएको

धनगढी-  कैलाली डेंगू रोगको उच्च जोखिममा परेपछि सतर्कता अपनाइएको छ । जिल्लामा डेंगो रागीको संख्या एक्कासी बढ्न थालेपछि सरोकारवालाहरु यसको जोखिम नियन्त्रणका लागि सक्रिय भएका छन् । धनगढी उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयको पहलमा पहलमा आज सरोकारवाला निकायका व्यक्तिहरुले आजदेखि सरसफाई अभियान नै चलाइएको छ । अभियान अन्तर्गत मंगलबार धनगढी चौराहा चटकपुर हुुदै बोराडाडीसम्म सरसफाई गरिएको छ । त्यस्तै, सर्वसाधारणलाई डेंगो रोगबारे जनचेतनासमेत दिइएको छ ।

कैलालीमा एक हप्ता भित्र ११ जना डेंगू रोगी देखिएपछि यसको महामारी फैलिन नदिन सम्बन्धित सरोकारवाला निकायले सतर्कता अपनाएका हुन् । चिकित्सकहरुले पनि रोग नियन्त्रणका लागि महामारी फैलिन चेतावनी दिएपछि धनगढी उपमहानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको पहलमा मंगलबारदेखि धनगढीमा सरसफाई अभियान सुरु गरिएको छ ।

सो क्रममा मंगलबार पानी जम्ने खाल्डाखुल्डी, टायरलगायत पुर्ने र सफा गर्ने कार्य गर्नुका साथै डेंगू रोग सम्बन्धी जनचेतनासमेत दिइएको छ । धनगढी ट्राफिक चौराहादेखि चटकपुर हुुदै बोराडाँडीमस्म सरसफाई गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईले जानकारी दिनुभयो ।

अभियानका क्रममा डेंगू सार्ने एडिस एजिप्टाई नामको लामखुट्टेले जमेको सफा पानीमा फुल पार्ने भएकाले त्यस्ता ठाउ“हरुको पहिचान गरी फुल तथा लार्भा नष्ट गर्न सरसफाई कार्य अगाडि बढाइएको हो । यो डेंगू रोग फैलाउने लामखुट्टे खानेपानीको ट्याङ्की, गमला, टायर र लामो समयसम्म पानी जम्ने खाल्डाखुल्डीमा यसले फुल पार्ने गर्दछ ।

एक हप्तामै ११ जना विरामी सम्पर्कमा आएपछि विरामीको संख्या अझै बढ्न सक्ने र यसले माहामारीको रुप लिन सक्ने भएपछि सरोकारवाला सशंकित भएका हुन् । बैज्ञानिक मान्यताअनुसार एक जना गम्भीर डेंगो रोगी विरामीको आसपासमा करिब साढे ३ सय मानिसमा डेंगो संक्रमण हुन्छ । सरसफाई अभियान निरन्तर जारी रहनेछ । यसअन्तिर्गत पहिलो पटक सबैलाई सम्झाइने छ । कसैले व्यक्तिगत वा सार्वजनिक क्षेत्रमा सरसफाईमा लापरबाही गरे कार्वाहीसमेत गरिने जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख टंकप्रसाद चापागाईले बताउनुभयो ।

सरसफाई अभियानमा जिल्लाका समन्धित सरोकारवाला निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो । सामान्यतया यो रोग लागि सकेपछि टाउको दुख्ने, हात खुट्टा जोर्नी दुख्ने, आँखा दुख्ने, धेरै लामो समय सम्म उपचार नपाएमा नाक, कान तथा गिँजाबा रगत बग्ने, कालो दिसा हुने, बेहोस हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार