गुणस्तरीय स्वास्थ्य सेवा “साथ” विधी बारे जानकारी गरायो सुुआहाराले

  बाजुरा सम्वादाता  608 पटक हेरिएको

बाजुरा-  गुणस्तरीय स्वास्थ्य सेवा साथ विधी बारे ब्रहमतोलाका सरोकारवालाई जानकारी गराईएको छ । ब्रह्मतोला स्वास्थ्य चौकी सेवा क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरुलाई साथको महत्व र आवश्यकता बारे जानकारी गराईएको हो ।

यूएस ए आइडी सुआहाराको सहयोग, महिला विकास मञ्चको सहकार्य र स्वास्थ्य चौकीको आयोजनामा १ दिन अभिमुखिकरण गोष्ठी मार्फत स्वास्थ्य व्यवस्थापन समितिका सदस्य, नौ जना महिला स्वास्थ्य स्वयम सेविका सहीतलाई जानकारी गराइएको महिला विकास मञ्चका फिल्ड सुपरभाइजर कुसुम शाहीले बताउनु भएको छ ।

स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धी गर्ने लक्ष्य सहीत साथ विधि सञ्चालन गरिएको हो । साथ कार्यक्रम साविक ब्रह्मतोलाको ७, ५, ९ र १ वडामा सञ्चालन गरिने भएको छ । यौन तथा प्रजनन शिक्षा, गर्भवती चेकजाँच र उपचार सेवाको पहुँभन्दा टाढा रहेका व्यक्तिहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्वास्थ्य व्यवस्थापन समिति सदस्य धनबहादुर थापाको अध्यक्षतामा सञ्चालन गरिएको अभिमुखिकरणको सञ्चालन कुसुम शाहीले गर्नु भएको थियो ।गोष्ठीको सुआहारा लैगिक समानता तथा सामाजिक समावेशीकरण जिल्ला कार्यक्रम अधिकृत राजेन्द्र भट्ट, पीसविनका सिनियर विकास सहायक प्रेम नेपाली र ब्रह्मतोला स्वास्थ्य चौकी इन्चार्ज हरिलाल जैशीले गर्नु भएको थियो ।

गोष्ठीमा २५ जनाको उपस्थिति रहेको थियो । स्वास्थ्य सेवामा पहुँच नभएका घरमै सुत्केरी हुने र सेवा नलिनुको कारण बारे सहीत पहुँच भन्दाटाढा रहेका वडाहरुमा लक्षित गरी बुधवार साविक ७ नम्बर वडामा साथको विधि अन्तर्गत नक्साकन कार्यक्रम गरिने भएको छ । कार्यक्रम सुआहाराले अन्य क्षेत्रमा पनि सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार