लोकसेवा तयारी कक्षाको तेस्रो भाग (२० वढी प्रश्नोत्तर)

नेपालमा सवैभन्दा अग्लो

  लोकसेवा तयारी कक्षा  1251 पटक हेरिएको

मन्दिर ः भक्तपुरको न्यातपोल मन्दिर
झरना ः ह्यातुङ झरना (तेह्रथुम ३६५ मिटर)
टावर ः ने.टे.भि. को फुल्चोकी टावर
स्तम्भ ः अशोक स्तम्भ (लुम्बिनी)
पुल ः कुस्मा र ज्ञादी जोड्ने पुल
ताल ः तिलिचो ताल (४९१९ मटिर)
फुल्ने फुल ः स्टेलरिया डेकुम्बन (६४९२ मिटर)
मन्दिर ः मुक्तिनाथ (३७४९ मिटर)
गुम्बा ः स्याङबोचे (३८६७ मिटर)
राष्ट्रिय निकुञ्ज ः सागरमाथा राष्ट्रिय निकञ्ज
नदी ः अरुण
सदरमुकाम ः हुम्दा, सिमिकोट
विमानस्थल ः स्याङबोचे
बस्ती ः डोल्पाको छार्का भोट र तराप बस्ती

 नेपालको मरुभूमी भने र कुन ठाउँलाई चिनिन्छ ?
– मुस्ताङ

 इलामको श्रअन्तु डाँडालाई के भनी नामकरण गरिएको छ ?
– दीपेन्द्र शिखर

 विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी कुन हो ?
– पूर्वीघ्याच (६५७१ मिटर)

 माथिल्लो सगरमाथा भनेर कुन–कुन जिल्लालाई बुझिन्छ ?
– सोलुखुम्बु, ओखढुङ्गा, खोटाङ

 सगरमाथा चुचुरोका औसत चौडाइ कति छ ?
– ७ मिटर

 हिमालपारिको जिल्ला भनी चिनिने जिल्ला कुन हुन् ?
– मनाङ र मुस्ताङ्ग

 ‘नेपाल पिक’ कहाँ पर्छ ?
– ताप्लेजुङ

 ‘सगरमाथाको द्वार’ भनी कुन ठाउँलाई चिनिन्छ ?
– नाम्चेबजार

 ७३५१ मिटर अग्लो जासम्बा हिमाललाई के नामकरण गरिएको छ ?
– पासाङ ल्हामु हिमाल

 कति मिटरको उचाइदेखि हिमरेखा सुरु हुन्छ ?
– ५००० मिटर

 नेपालको कुन सहरको पुरानो नाम मनिगल थियो ?
– पाटन

 ‘देशे मरु झ्या’ कहा पर्छ ?
– यटखाटोल, काठमाडौं

 नेपालको ढोका भनेर कुन ठाउँलाई भनिन्छ ?
– वीरगञ्ज

 सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला सदरमुकाम कुन हो ?
– महोत्तरीको जलेश्वर

 बहुचर्चित पर्यटकिय स्थल नगरकोटको पुरानो नाम के हो ?
– मण्डपगिरी

 विराटनगरको पुरानो नाम के हो ?
– गोग्राह

 स्वयम्भुको पुरानो नाम के हो ?
– पद्मकण्ठगिरी

 तीनतिरबाट नदीले सीमाना छुट्याएको जिल्ला कुन हो ?
– ओखलढुङ्गा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार