हिरोईन ले पाध्यो समाचार भैदियो (गजल)

  जगत प्रसाद पण्डित  406 पटक हेरिएको

लेखक

गजल

अबला बलत्कार हुदा लाटो अखबार भैदियो ।
तर उता हिरोईन ले पाध्यो समाचार भैदियो ।

जान्ने बुज्ने होला भनेर बाले शहर पठाएको,
छोरो यता शहरमा आएर झनै गवार भैदियो।

छोराले जब बुहारी लिएर छुट्टै गएर बस्यो
तब दोहोरो भुमिका गर्ने कलाकार भैदियो ।

त्यो पिताको यस्तो के मजबुरी थियो होला
छोरी लाई लिलामी मा राख्न तयार भैदियो ।

लोग्ने बित्यो नारी जिन्दगी भर बिधवा भई,
तर श्रीमती बिति पुरुष फेरि कुमार भैदियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार