अन्तत : नयाँ शक्तिपनी एमालेमा समाहित,

नयाँ शक्ति नेपालका २ सय १६ जना सहित एमालेमा प्रवेश

  मूलधार सम्वादाता  348 पटक हेरिएको

अछाम–  नयाँ शक्ति नेपाल अछाम कार्यसमिति आइतबारबाट नेकपा (एमाले) अछाममा समाहित भएको छ ।
नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य शंकर भण्डारी, जिल्ला संयोजक तीर्थ ढकाल सहित नयाँ शक्ति नेपालका २ सय १६ जना सहित एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिनिधिसभा अछाम (२ बाट उम्मेद्वारी फिर्ता गरेर ढकाल एमालेमा प्रवेश गरेका हुन् । एमालेको राष्ट्रिय एकता र नीतिले देशलाई सार्वभौम र एकतामा जोड दिई समृद्ध बनाउने ठोस योजना रहेकोले एमाले बाहेकको विकल्प नरहेको बताउनु भएको छ ।’

नयाँ शक्तिका विदेश विभाग संयोजक रहेका भण्डारीले आगामी दिनमा एमालेमै आफ्नो उर्जावान समय विताउने भनाइ राखे । प्रवेसीहरुलाई एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले टिका र माला लगाएर स्वागत गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार