काँग्रेसले भम्र छर्दै जाने गरेकै कारण समाजको चेतना माथि नउठेको हो : थापा

जनताको सेवक भएर काम गर्ने : रेग्मी

  मूलधार सम्वादाता  468 पटक हेरिएको

बाजुरा– चुनावी घरदैलोका क्रममा जगन्नाथ पुगेको बाम गठबन्धनको टोलीलाई स्थानीय खडेरी समस्याले भोग्नु परेको समस्या र खाद्य अभाव बारे गुनासो गरेका छन् । सिँचाई सुविधान विना नै हुने कामको सिर्जना गरिदिन माग गर्दै खडेरीले सुकेको धानको बाली सहीत नेताहरुलाई दुख सुनाएका छन् ।

जवाफमा नेताहरुले मागको संवोधन गर्न तयार रहेको र गाउँमा विकास निर्माणका काम दिएर समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा एमाले बैकल्पिक पोेलिटव्यूरो सदस्य कर्णबहादुर थापाले काँग्रेसको जस्तो भम्रको खेती गर्न नजाने पनि जनताको दुखमा साथ दिन पछि नपर्ने बताउनु भएको छ ।

विभिन्न आश्वास बाँड्ने गरेको प्रति लक्षित गर्दै सात नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रस्तावित उम्मेदवार थापाले कम्यूनिष्टले आँखा खोल्दै जाने काँग्रेसले भम्र छर्दै जाने गरेकै कारण समाजको चेतना माथि उठ्न नसकेको बताउनु भएको छ ।

कार्यक्रममा विना विभागीय राज्य मन्त्री एवं माओवादी नेता कर्ण विकले बर्षौ देखिको जनताको प्रतिक्षा पुरा हुने दिन धेरै टाढा नभएको बताउँदै २ महिना भित्रै जनताको सरकार बन्ने र विकासले गति लिने बताउनु भएको छ ।
प्रतिनिधि सभा उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले दुर्गम बस्ती माथिको विभेद र राज्यले गरेको सौतेनी व्यवाहारको अन्त्य गर्नु नै बाम एकताको प्रमुख उद्देश्य रहेको बताउनु भएको छ ।

माओवादी पोलिटव्यूरो सदस्य एवं समानुपातिक उम्मेदवार सहदेब बोगटीले काँग्रेसले युवाहरुलाई गरिखाने सिप नदिई मागी खाने भिखारि बनाएकोले बाम गठबन्धनलाई जिताएर विकासको आभाष गर्न जनतासँग अनुरोध गर्नु भएको छ ।

जनताको सेवक भएर काम गर्ने : रेग्मी

प्रदेश क्षेत्र निर्वाचन क का उम्मेदवार बल्देव रेग्मीले जनताको सेवक भएर काम गर्ने र दुर्गमतालाई सुगमतामा बदल्ने उम्मेदवारी दिएको बताउनु भएको छ ।

चुनावी सभामा एमाले अध्यक्ष कालीबहादुर शाही, यूवा संघका केन्द्रीय सचिव नरेश शाही, एमाले नेता दयाल शाही, जनक बोहरा, माओवादी नेता मनलाल खत्री, महेश शाही लगायतले संवोधन गर्नु भएको पत्रकार प्रेम विकले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार