काँग्रेसका उम्मेदवारको पदीय हैसियतसंग आफुलार्इ दाँज्न नमिल्ने : प्रकाश शाह

  मूलधार सम्वादाता  464 पटक हेरिएको

बाजुरा- बाम गठबन्धनको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र “ख” का उम्मेदवार एवं एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाहले व्यक्ति वा दल कुनैसँग पनि प्रतिस्पर्धा नहुने बताउनु भएको छ । राजनीतिक रुपमा काँग्रेससँग भएपनि एजेण्डा र व्यक्तित्वमा कसैसँग प्रतिस्पर्धा नभएको बताउनु भएको हो ।

रेडियो बाजुराको नियमित  कार्यक्रम “साझा सरोकार”सँग कुरा गर्दै शाहले काँग्रेसबाट अघि सारिएका उम्मेदवारको पदीय हैसियत र वैचारिक योग्यता क्षमता आफूसँग दाँज्न नमिल्ने बताउनुु भएको छ । स्थितर राजनीति गर्न नजान्ने र अवसरको पछि लाग्ने र एकै पार्टीमा विना स्वार्थ तीन दशक बिताउनेको एकै नासको मूल्याकन र व्याख्या गरिनु न्याय संगत नहुने बताउनु भएको छ ।

बाम एकता, प्रतिनिधि सभा र प्रदेश सभामा उठेका उम्मेदवारको व्यक्तित्व, एमालेले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र पार्टीको अजेण्डा नै जितको आधार भएको बताउँदै शाहले बाजुरा बासीले बाम बठबन्धन बाहेक रोज्ने कल्पना नै नगरेको बताउनु भएको छ ।

गौमुल गाउँपालिका र बडिमालिका नगरपालिका क्षेत्रको चुनावी प्रचार तथा घरदैलो सकेर मार्तडी फर्किनु भएका नेता शाहले जनताले देखाएको श्रद्धा र विश्वास प्रति उच्च सम्मान रहेको र त्यो गुनको ऋणी रहेको बताउनु भएको छ ।
सडक, शिक्षा, स्वास्थ्य युवा बेरोजगार सहीतको समस्याले थपिएको बाजुरालाई अवसर र समृद्धीको बाजुरा बनाउन जनताको सेवन बन्ने गरी उम्मेदवारी दिएकोले सूर्यमा मतदान गर्नमा कुनै बाजुरालीले संकोच र अफ्ठ्यरो मान्ने ठाउँ नै नरहेको बताउनु भएको छ ।

बाम एकता देशको समृद्धी र जनताको जितका लागि गरिएकोले अब निर्माण हुने सरकारले पाँच वर्षमा नेपाललाई अहिलेको अवस्थाबाट धेरै माथि पुर्याउने बताउनु भएको छ ।

उहाँले जनजीवनलाई माथि उठाउने मात्र संकल्न नभई सबै नेपाली समृद्ध र सबै नेपाली सम्पन्न बनाउने अभियानको अगुवाई अहिलेको बाम गठबन्धनले गर्ने दाबी गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार