सरकारी कर्मचारीमा कोरोना पोजेटिभ

  मूलधारपोष्ट  86 पटक हेरिएको

बाजुरा ।  जिल्लामा एक सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार स्वाव संकलन गरी धनगढी पठाएका एक सरकारी कर्मचारीमा कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभएको छ ।

जिल्लाका २ सय ५६ जनाको स्वाव संकलन गरी पठाएको एक जनामा संक्रमण देखिएको हो । २ सय ५६ मध्ये २ सय ५५ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका पुरुषको सम्पर्कमा रहेका सबैको कोरोना परिक्षण गरिने भएको छ । संक्रमीत बडिमालिका नगरपालिकाका कर्मचारी हुन् । उनी धनगढी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार