बडिमालिका नगरपालिकामा बालविवाह बढ्दै

  मूलधारपोष्ट  86 पटक हेरिएको

बाजुरा । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बालविवाह दिन प्रतिदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । मङ्गलबार नगरपालिकाले आयोजना गरेको महिलासंग उप प्रमुख कार्यक्रम अन्तर्गत उप प्रमुखको सुत्क्यारो भाडो हस्तान्तरणमा नगर प्रमुख बडुवालले नगरका चार सय ५८ जना गर्भवती मध्ये अधिकांश २० वर्ष मुनीका रहेको बताएका छन् ।

उनले आफु निर्वाचित भएका वर्षमा ५८ जनाले बाल विवाह गरेको पाइएको भएपनि बढेर गत वर्षसम्म एक सय ६२ जनाले बालविवाह गरेको बताए । नगर प्रमुख बडुवालले अभिभावकलाई आफ्ना छोराछोरीलाई २० वर्ष भन्दा कम उमेरमा विवाह नगर्न सुझाव सल्लाह दिई रोक्न आग्रह गरेका छन् । उनले २० वर्षको उमेरमा बाल विवाह शारिरिक रुपमा कमजोर हुने र सरकारले समेत मान्यता नदिएकाले सो कार्य रोक्न अभिभावकलाई गुहार मागेका छन् ।

सुत्क्यारो भाडो हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बडुवालले बालबाललिकाको संरक्षण आमाले गर्दै आएको भ्रुण देखि पाँच वर्षम्म गर्भवती र सुत्केरीलाई पुरुषले सहयोग गर्नुपर्ने बताएका छन् । गर्भवती र सुत्केरी महिलालाई पोषण युक्त खाना आवश्यक भएकाले नगरपालिकाले नगर राम्रो बनाउनका लागि बच्चाको पोषणमा सुधार गर्ने अवधारणा लिएको छ । आमा र बुवाले काम मात्र नभइ बाल बच्चाको स्याहार सुसार गर्नुपर्ने औल्याएका छन् । नगरपालिकामा भएका गर्भवतीबाट जन्मेका शिशुको पुर्ण खोप पाउन वडामा स्वास्थ्य संस्था स्थापना गरेको दावी गरेका छन् ।

बालबच्चालाई निरोगी मात्र नभई शिक्षित बनाउनुपर्नेमा नगर प्रमुख बडुवालले जोड दिएका छन् । निरोगीतासंगै नगरका बालबालिका शिक्षित भएर समृद्ध नगर बनाउनमा सहयोग पुग्नेमा नगर प्रमुख बडुवालको विश्वास रहेको छ । नगर उप प्रमुख कविता विष्टले यस भन्दा पहिले महिलासंग उप प्रमुख कार्यक्रम अन्र्तगत एकल महिलालाई उद्धार,छाउपडी गोठमुक्त घोषणा कार्यक्रम संचालन गरेको बताइन् ।गत वर्ष नै उप प्रमुखको सुत्क्यारो भाडो ल्याएको भएपनि कोरना कारणले संचालन गर्न नसकेकाले यस वर्षदेखि संचालनमा ल्याएको उप प्रमुख विष्टले बताएकी छन् ।

गर्भवती,सुत्केरी र बालबालिकाको सर्वाङ्गिण विकासका लागि सुत्क्यारो भाडो कार्यक्रम ल्याएको दावी गरिन् । बालबालिकाको शारिरिक रुपमा वृद्धि र विकासका लागि सुत्क्यारो भाडो ल्याएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंहले गर्भवती र सुत्केरी महिलालाई पोषिलो आहार वितरणले राहत पुगेको बताएका छन् । कतिपय महिलालाई जाउलो बनाउने तरिका थाहा भएपनि जाउलो बनाउदा चाहिने सामग्री बारेमा भने जानकारी नभएको प्रति आपत्ती जनाएका छन् । गर्भवती र सुत्केरी महिलालाका लागि सहयोग पुग्ने गरी कार्यक्रम ल्याएकोमा अध्यक्ष सिंहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार