भदाै २१ देखि २७ गतेसम्म राशिअनुसार तपाइको भाग्यफल कस्तो रहको छ

  साप्ताहिक राशिफल  122 पटक हेरिएको

२०७७ साल भदाै २१ गते आइतबार देखि २७ गते शनिवारसम्मको साप्ताहिक राशिफल । मेष -प्रारम्भ रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। खानपान र पहिरनको सोखले खर्च भने बढाउन सक्छ। मंगलवारदेखि चिताएको काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। तापनि प्रयत्न गर्दा नियमित काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ नदिए पनि लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।

वृष -प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिस्थितिले केही थकित तुल्याए पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। नयाँ काम गर्ने अवसर जुट्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बिहीवारपछि भने विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूले काममा बाधा पुर्याउलान्। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्।

मिथुन -सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र राम्रै आम्दानी हातलागी हुनेछ। बीचमा भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव भने खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

कर्कट -प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरी तथा व्यवसायमा लाग्नेहरूको प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नाले मनग्य धन संग्रह हुनेछ। मिहिनेतीहरूका लागि लक्ष्मीको कृपा प्राप्त हुनेछ। दिगो काम प्रारम्भ हुनुका साथै व्यवसायमा प्रगति हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने सञ्चित कर्मफल प्राप्त हुनेछ। बिहीवारपछि कामविशेषका लागि धेरै रकम जुटाउनुपर्ला। यात्राकाे अवसर जुट्न् सक्छ।

सिंह -प्रारम्भमा केही अवसर प्राप्त हुनेछन्। तर व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार हुनाले फाइदा हुनेछ। प्रयत्न गर्दा नयाँ काम गर्ने अवसर जुट्न सक्छ। साथीभाइले पनि कार्यक्षेत्रमा साथ दिनेछन्। काम देखाएर उपलब्धि हातपार्न सकिनेछ। व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। राम्रै आम्दानी भए पनि फजुल खर्च बढ्न सक्छ।

कन्या -स्वास्थ्यमा कमजाेरी भएको अनुभूति हुनेछ। अनावश्यक काममा व्यर्थैमा अलमलिनुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा भने केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थिति केही असहज बन्न सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। घरायसी काममा पनि अलमल बढ्नेछ।

तुला -प्रारम्भमा रमाइलो भेटघाट हुनेछ। महत्त्वपूर्ण काम सुरुमै गर्दा सफलता मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। मंगलवारदेखि चिताएको काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्न सक्छ। भौतिक साधनकाे कमीले काममा बाधा पर्न सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।तर सप्ताहान्त अलि संघर्षमय नै रहनेछ। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

वृश्चिक -विभिन्न अवसर प्राप्त हुनाले साताकाे प्रारम्भ उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलाे भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। मंगलवारपछि परिस्थिति प्रतिकूल बन्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। कमजोरी अनुभूति हुने हुँदा खानपानमा पनि सजग रहनुहोला।

धनु -प्रारम्भमा केही व्यवधान देखिए पनि बुद्धिले समस्या सुल्झाउन सकिनेछ। केही उल्झन र अस्वस्थताले समस्या पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। खर्च लागे पनि भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सजग रहनुहोला। मंगलवारदेखि स्थति अनुकूल रहनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ। सप्ताहान्तमा भने केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रियजनकाे सान्निध्य प्राप्त हुनेछ।

मकर -प्रारम्भमा पारिवारिक मतभेदले काम राेकिन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। घर तथा सवारी मर्मत आदिमा खर्च बढ्नेछ। मिहिनेतीहरूका मंगल, बुध र बिहीवार लाभदायक हुनेछन्। राेकिएकाे अध्ययनले निकास पाउनेछ। दिगो काम प्रारम्भ हुनुका साथै व्यवसायमा प्रगति हुनेछ। सप्ताहान्तमा स्वास्थ्य कमजोर हुनाले काम राेकिन सक्छ। ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। नयाँ कामका लागि धेरै लगानी जुटाउनुपर्ला।

कुम्भ -काम विशेषका लागि साताकाे प्रारम्भ फलदायी रहनेछ। पहिलेकाे उपलब्धिले थप काममा हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रारम्भमा सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। स्वास्थ्य र अर्थका हिसाबले पछिल्लाे समय कमजोर रहनेछ। अप्ठ्यारा चुनौतीसँग पनि सम्झौता गर्नुपर्ला। अध्ययनमा पनि त्यति समय दिन नसकिएला।

मीन -प्रारम्भमा धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। सानाे विवादले पहिलेकाे समझदारी टुंग्याउन सक्छ। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। मंगलवारदेखि शुभचिन्तकहरूको साथ जुट्नाले फाइदा हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। नयाँ प्रक्रियाबाट काम गर्ने अवसर जुट्नेछ। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। सप्ताहान्तमा सहयोगका नाममा धोका दिनेहरू सक्रिय रहनेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आफन्तहरूको सहयोगले फाइदा पनि दिलाउनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार