चुम्ब नका कारण के कोरोना भाइरस सर्छ र

  पत्रपत्रिका खबर  70 पटक हेरिएको

चुम्बनले सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्छ। चुम्बन गर्ने र गरिने व्यक्तिबीचको सम्बन्ध, चुम्बन गरिने अंग, त्यस समाजमा प्रचलित संस्कारअनुसार वात्सल्य, श्रद्धा, आदर, सद्भाव, प्रेम, काम वासना प्रकट गर्न चुम्बनकै सहयोग लिइन्छ। कुनै जोडीबीच हुने चुम्बनमा सर्वप्रिय अंग ओठ भए पनि गाला, निधार, हात, कपाल, स्तनलगायत यौ न संवेदनशील अंगमा पनि गरिन्छ। सद्भाव व्यक्त गर्ने भौतिक प्रस्तुतिका क्रममा दुई व्यक्तिबीच स्पर्श, गन्ध, स्वादको सहभागिता हुन्छ।

स्पर्शजन्य यौ नको सर्वाधिक प्रचलित माध्यम हो, चुम्बन। यस क्रममा एक जनाको ओठले अर्को व्यक्तिको ओठ वा अन्य भागमा हल्का स्पर्श वा अलि दाबेर गरिन्छ। यौ न आग्रह गर्न प्राचीन कामशास्त्रमा चुम्बनलाई १५ किसिममा वर्गीकरण गरेको पाइन्छ। आधुनिक समयमा विविध खालका चुम्बन प्रख्यात छन्। फ्रेन्च किस, बटरफ्लाई किस, आइस किस, फ्रुटी किस, एयर किस, फ्लाइङ किसको आफ्नै महत्त्व छ। फ्रेन्च किसमा ओठ चुस्छन् अनि जिब्रो मुखभित्र घुसारी मज्जाले चलाउँछन्। अभिवादन वा बिदाइको क्रममा ओठमा ओठ (बन्द गरी) वा गालामा छोटो र छिटो चुम्बन गरिन्छ। कतिपयले एक पटक वा दुवै गालामा पालैपालो वा आलोपालो दुवै गालामा तीनचार पटक चुम्बन गर्ने चलन छ।

चुम्बनका माध्यमबाट यौ न कार्य अगाडि बढाउन सकिन्छ तर सधैँभरि यसको जरुरत नपर्न सक्छ। अर्थात्, समयाभाव तथा वातावरण प्रतिकूल हुँदा केवल ओठ चुम्बनकै माध्यमबाट यौन सम्पर्क कार्य टार्न सकिन्छ। त्यसैले पनि सप्ताहान्त तथा बिदाका दिन नेपालका शहरी क्षेत्रका कतिपय डेटिङ स्पटमा जोडीहरूबीच प्रेमालापसँगै अधरपानका दृश्य सामान्य बन्न थालेका छन्। विश्वभर नै प्राक्क्रीडाको क्रममा ओठ, गाला, मुख, घाँटी, गर्धन, निधार, स्तन, नाइटो, तिघ्रा, योनि, लिंग, हातखुट्टाका औँलालगायत संवेदनशील स्थानमा चुम्बन गर्ने गरिन्छ।

कुकुर, बिरालो, पक्षी, कीरा, भालुलगायत जनावरमा पनि व्याप्त चुम्बन पश्चिमा समाजमा यसको इतिहास त्यति लामो भने होइन। फिल्मको व्यापार वृद्धि गर्न विशेषतः हलिउडमा चुम्बनलाई रोमान्टिक फर्मुलाको रूपमा प्रयोग गर्ने गरिएको छ। सन् १९३० तथा ४० को दशकलाई स्वर्णयुग मानिन्छ। त्यसबेलाका ९५ प्रतिशतसम्म फिल्ममा चुम्बन दृश्य राखिन्थ्यो। भारतमा सार्वजनिक स्थलमा चुम्बन वर्जित भए पनि बलिउडमा पनि मसलाका रूपमा यसको प्रयोग हुन थालेको छ। चुम्बनकै विषयमा गिनिज बुकमा थरी–थरी रेकर्ड स्थापित छन्।

परापूर्वकालमा नेपालमै पनि चुम्बन गरिन्थ्यो-गरिन्थेन, त्यति प्रस्ट छैन। फिल्म र इन्टरनेटको विस्तारसँगै नेपालीले पनि पश्चिमा शैली पछ्याएका होलान्। चुम्बनलाई पाश्चात्य जगत्मा व्यापक बनाउने काम फ्रान्सबाट भएको मानिन्छ। पन्ध्रौँ शताब्दीमा युद्धमा जान लागेका र युद्धबाट सकुशल फर्केका सैनिकलाई प्रेमिका वा पत्नीले चुम्बन गरेर बिदाइ वा स्वागत गर्थे। तर, एकताका इटालीमा चुम्बनलाई यौन सम्पर्क मानेर कुनै जोडीबीच चुम्बन गरेको थाहा पाएपछि विवाह गर्न बाध्य पारिन्थ्यो।

एसियाली मुलुक चुम्बनबारे बिस्तारै उदार बन्दै गए पनि कतिपय मुस्लिम राष्ट्रमा तथा विशेषतः युवायुवती÷प्रेमीप्रेमिकाबीच यौन भावले सार्वजनिक स्थलमा गरिने चुम्बनलाई अझै पनि गम्भीर एवं तुलनात्मक रूपमा प्रतिबन्धित कार्य मानिन्छ। इरानमा आफ्नो श्रीमती वा नातेदारबाहेक अन्यलाई चुम्बन वा स्पर्श दण्डनीय मानिन्छ। आशयबिना पनि चुम्बनद्वारा अनुभूति व्यक्त गर्न सकिन्छ तर पनि हात वा जीउ सुम्सम्याएर लिइने स्पर्शपछिको दोस्रो मुख्य भौतिक सान्निध्यको उपाय चुम्बन हो। कतिपय समाजमा मुख–मुख बीचको चुम्बन यौन प्राक्क्रीडाका लागि संचय गरिराखेको हुन्छ।

यौ न स्वास्थ्यका दृष्टिले चुम्बनका सकारात्मक, नकारात्मक दुवै पक्ष छन्। चुम्बनपछिको सुखानुभूति मानिसले लामो समयसम्म सम्झिरहन्छ। ‘डिप किस’ले यौन उत्तेजनाको क्रममा एड्रिनालिन हर्मोन पैदा गरी दुवैको शारीरिक ताप, रक्तचाप, मुटुको धड्कन वृद्धि गरी स्वस्थ राख्न मद्दत गर्छ। चुम्बन गर्नु साधारणजस्तो लागे पनि कतिपय चुम्बनका क्रममा अनुहारका ३४ मांसपेशी प्रयोगमा आउने गर्छन्। एक अध्ययनअनुसार एक मिनेट चुम्बन गर्दा २६ क्यालोरी खर्च हुने गर्छ।

चुम्बनले रक्तसञ्चार एवं मांसपेशीको कसरत बढाई छाला चाउरिने घटाउने, छालामा चमक ल्याउने गर्छ भने नियमित चुम्बनले रक्तचाप नियन्त्रण, पाठेघरलगायत तल्लो पेट, मूत्राशय स्वस्थ र तन्दुरुस्त बनाउन सघाउँछ। यस क्रममा दुवै जनालाई आनन्द एवं सन्तुष्टि प्राप्त हुने, तनाव कम हुने, आत्मसन्तुष्टि बढाउने भएकोले समग्रमा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। कतिपय अध्ययनअनुसार नियमित तथा स्वस्थ चुम्बनका कारण कोलेस्टेरोल घटाउन मद्दत गर्ने हुनाले आयु लम्बिने गरेको पाइन्छ।

चुम्बनका कारण कतिपय संक्रामक रोग सर्न सक्छ। कोरोना संक्रमणको सवालमा चुम्बनको सिलसिलामा संक्रमितको बढ्ता संक्रमित अंगमध्ये एक नाकनजिकै ओठ पुर्‍याउनुपर्ने तथा र्‍यालबाट पनि सर्न सक्ने सम्भावना हुन सक्छ। इन्फेक्सियस मोनोन्युक्लियोसिस, हर्पिसलगायत र्‍यालको माध्यमबाट एचआईभी संक्रमित भाइरस पनि सर्न सक्छ। गिजाको समस्या सर्न सक्छ।

विशेषतः यौन साथीमध्ये एकको मुखमा घाउ वा अल्सर छ भने संक्रमण सर्ने डर बढी हुन्छ। यसमा सजगता अपनाउनुपर्छ। यदि दाँत, गिजा वा घाँटीको संक्रमणको कारणले सास गन्हाउने समस्या छ भने यथोचित् उपचार गराउनुपर्छ। कोरोना संक्रमण मत्थर नभएसम्म आफ्ना जानकारबाहेकसँग चुम्बन नगर्नु नै उचित हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार