‘एड्स त पचाइयो, कोरोना के हो र ?’

  पत्रपत्रिका खबर  113 पटक हेरिएको

२९ वर्षीया कञ्चन (नाम परिवर्तन) यौनपेशामा लागेको पाँच वर्ष भयो। श्रीमान्ले अर्की श्रीमती ल्याएर उनलाई हेला गर्न थालेपछि सहन नसकेर काठमाडौँ आइपुगिन् चिनजानकी दिदीले एउटा रेस्टुरेन्टमा काममा लगाइदिइन्। त्यहीँबाट बिस्तारै उनले यो पेशा समातिन्। उनको घर र माइतीले थाहा पाए। त्यो दिनदेखि परिवारसँग उनका सबै कडी टुटे। ‘दशैँ, तिहार, तिज, होली सबै एक्लै मान्छु,’ कञ्चनले भनिन्, ‘चाडपर्वमा त आफ्नो नमान्ने परिवारले अहिले कोरोनाको बेलामा मलाई के आफ्नो मान्थ्यो र ? चार महिनाकोलकडाउन कोठामै बसेर बिताएँ।’

केही संस्थाले उनलाई दुईचार किलो चामल र दाल राहत दिएका थिए। तर, उनीसँग ज्वरो आएको खण्डमा सिटामोल खाने पैसा पनि थिएन। ग्यास सक्किएर चुलो बल्न छाडिसकेको थियो। ४० रुपैयाँ पर्ने जारको पानीसमेत खान सकिनन्।‘त्यही ग्यास र पानीका लागि भएपनि सडकमा आउनैप¥यो,’ कञ्चनले भनिन्। काममा फर्केपछि धेरै ग्राहकले धेरै पटक उनलाई एउटै प्रश्न सोधे– ‘कोरोनाको डर लाग्दैन ?’

म सबैलाई ‘एड्स त पचाइयो, कोरोना त के हो र ? त्यो पनि पचाइन्छ’ भनेर जवाफ दिन्थे,ँ’ उनले भनिन्। कोरोनापछि ग्राहक घटेर कमाइ कम हुन थालेको उनले बताइन्। ‘पहिलाजस्तो कमाइ छैन,’ उनले भनिन्,‘पहिला हजारमा राजी हुने ग्राहक अहिले सयमा पनि राजी हुँदैनन्। धेरै पैसा आउने लोभले कतिसँग कन्डमबिनै राजी हुनुपर्ने अवस्था छ।’

अवस्था ३५ वर्षीयानमिता (नाम परिवर्तन)को पनि खराब छ। उनको नागरिकता छैन। नागरिकता नभएकै कारण उनले विगतमा यौनपेशा गरेर कमाएको एक पैसा पनि जोगाउन सकिनन्। ‘नागरिकता नभएपछि बैंकमा खाता खोल्न नमिल्दो रहेछ,’ नमिताले भनिन्, ‘उबेला पैसा कमाइयो। जति कमाइयो, उति रमाइयो। अहिले बिहान–बेलुकाको छाक टार्नै मुश्किल छ।’

नागरिकता नभएकाले विभिन्न संघसंस्थाले बाँड्ने राहत पनि उनको हातमा परेन। त्यस्तै, ‘गेटअप’कै आधारमा समाजकाकतिपय मानिसले उनलाई राहतबाट वञ्चित गरिदिए। ‘हाम्रो पेशाअनुसारको गेटअप हुन्छ,’ उनले भनिन्,‘मेकअप गर्छौं, चिटिक्क पर्छौं, राम्रो कपडा लगाउँछाँै। तर, त्यसैका आधारमा हामीलाई भेदभाव गरिन्छ।’

उनी एक दिन राहत लिन गएकी थिइन्। मेकअप गरेर, चिटिक्क परेर गएकी थिइन्। ‘त्यहाँ मलाई दुईचार जनाले ‘यस्तो मान्छेलाई किन राहत दिनुप¥यो? मेकअप गर्ने पैसाले चामल किनेर खाए भइहाल्यो नि’ भने।’

कञ्चनसँग भएजस्तो कोरोना पचाउने ‘बहादुरी’ नमितासँग छैन। कसैले कोठाभाडा र दुई छाकको बन्दोबस्त गरिदिए यस्तो महामारीमा जीउज्यान बाजी राखेर उनी सडकमा निस्कन्न थिइन्न। ‘कसैले त्यति मिलाइदिए त किन बाहिर निक्लन्थेँ र ?’ उनले भनिन्, ‘तर, मिलाइदिने कसले ? मेरा केही नियमित कस्टोमर छन्। एकचोटि भड्किए भने हातबाट फुस्किन्छन्। अनि, कोरोना–कोरोना भनेर बस्न पाइयो ?’

लकडाउन सुरु भएसँगै तेस्रोलिंगी यौनकर्मीलाई सचेत रहन र बाहिर ननिस्कन नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बारम्बार आग्रह गर्दै आएकी छिन्। ‘कोभिडको जोखिमका कारणले हामीले उनीहरूलाई बाहिर ननिस्कन आग्रह गरेका छाँै,’ उनले भनिन्, ‘कोरोनाले विश्वलाई नै आक्रान्त पारेको छ। यस्तो समयमा यौन पेशा गर्दा कोरोना सर्ने जोखिम झनै धेरै हुन्छ।’

महामारीमा पनि यौन पेशा गर्न निस्कने तेस्रोलिंगी यौनकर्मीका आफ्नै दुःख भएको अध्यक्ष गुरुङले बताइन्। ‘सरकारले कोठाभाडा छुट दिने भन्ने कुरा निकालेको थियो,’ उनले भनिन्, ‘तर, घरबेटीले छुट दिएनन्। कोठाभाडा तिर्न भएपनि उनीहरू सडकमा निस्किन थाले।’

नील हिरा समाजले तेस्रोलिंगी यौनकर्मीका लागि लकडाउनमा राहत पनि वितरण ग¥यो। खानाको व्यवस्था ग¥यो। तर, अधिकांशले गुनासो गरे– ‘दुईछाक खान पाएर मात्र हुँदैन। बर्सातको बेला ओत लाग्ने ठाउँको पनि व्यवस्था गरिदिनुप¥यो।’अधिकांश तेस्रोलिंगी यौनकर्मीले चारपाँच महिनाको कोठाभाडा तिर्न नसकेको गुरुङले बताइन्। ‘पैसा हुँदा महँगो फ्ल्याट लिएर बसे,’ उनले भनिन्, ‘त्यो बेला दिनकै कमाउने, दिनकै उडाउने गरे। अब अहिले काम पनि छैन, पैसा पनि छैन।’

गुरुङका अनुसार समाजका तर्फबाट तेस्रोलिंगीलाई राहत वितरणमा खटिएको उनी तीन महिना भइसक्यो। ‘आफ्नो कोठामा समेत जान भ्याएकी छैन,’ उनले भनिन्, ‘तर, यता पैसा नभएको भन्दै तेस्रोलिंगी यौनकर्मी ग्राहक खोज्दै सडकमा उत्रिन थालिसकेका छन्।’

कतिपयसँग आफू र परिवारका सदस्य बिरामी हुँदा उपचार गर्ने पैसासमेत नभएको गुरुङले बताइन्। ‘एक जना तेस्रोलिंगी यौनकर्मीका बाबुले विष सेवन गरेछन्,’ उनले पीडा पोखिन्, ‘पैसा नभएर अस्पताल लैजान नसकेपछि मलाई फोन आयो। मैले सहयोग गरेँ।’

विपद्को बेला राज्यले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको पिंकीले आरोप लगाइन्। ‘राज्यले केही गरेको छैन,’ उनले भनिन्, ‘राज्यको धेरै ठाँउमा नील हिरा समाज पुगिसक्यो। अहिलेसम्म फुटेको कौडी पाइएन। हाम्रो जस्तो संस्था डोनरको भरमा कति दिन चल्ने ?’ बजेटले तेस्रोलिंगी समुदायलाई उपेक्षा गरेकोमा उनले सरकारको आलोचना गरिन्। ‘यसवर्ष यस्तो कोरोना संकटमा पनि हाम्रा लागि केही व्यवस्था भएन,’ उनले असन्तुष्टि व्यक्त गरिन्।

समाजसँग लकडाउनमा सात जना तेस्रोलिंगीले आत्महत्या र दुई जनाले आत्महत्या प्रयास गरेको तथ्यांक छ।‘त्यसमा कतिपय यौनकर्मीसमेत छन्,’ अध्यक्ष गुरुङले भनिन्, ‘अब यसको जिम्मा कसले लिने ?’ उनको प्रश्नमा आक्रोश थियो।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले यौनकर्मी र उनीहरूका साथमा जाने ग्राहक दुवै अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताए। ‘यौन पेशा भन्नेबित्तिकै त्यहाँ शारीरिक सम्बन्धको कुरा आउँछ,’ डा. पुनले भने, ‘यौनकर्मी र ग्राहक दुवैले एकअर्कालाई नचिनेका पनि हुन सक्छन्। यौन सम्पर्कका बेला ¥यालहरू एक जनाबाट अर्कोमा जान सक्छन्। त्यो बेलामा मास्क, स्यानिटाइजरको ध्यान नहुन सक्छ। यसैले पनि उनीहरू एकदमै जोखिममा छन्।’

डा. पुनका अनुसार नेपालमा अहिले लक्षण नभएका कोरोना संक्रमित छन्। उनीहरू हेर्दा ठीकठाकै देखिन्छन्। ‘यौनकर्मी वा ग्राहकलाई लक्षण नदेखिई पनि कोरोना भएको हुन सक्छ,’ उनले भने, ‘यस्तो बेलामा कोही संक्रमित भए सम्पर्कमा आएका ग्राहक वा यौनकर्मीको खोजी गर्र्न चुनौती हुन्छ। त्यसैले अहिलेको समयलाई बुझेर चिनेजानेकै र आवश्यक पर्दा भेट्न सक्ने सेक्स पार्टनर मात्रै छान्नुपर्छ।’

यस्तो बेलामा यौनकर्मी र उनीहरूसँग जाने ग्राहक दुवै सजग हुनुपर्ने डा. पुनले सुझाए। ‘हामीले हरेक मानिसलाई कोरोनाबाट बच्न यसो गर, त्यसो गर भन्यौँ, तर यौनकर्मीका विषयमा हामीले अहिलेसम्म सोचेकै रहेनछाँै,’ उनले भने, ‘कोरोनाबाट बच्नका लागि हामी भौतिक दूरीको कुरा गर्छौं, तर यौन पेशा त्यसको ठीक विपरीत छ। त्यसैले यौनकर्मी र ग्राहक चनाखो, सजग र सतर्क हुनुपर्छ।’

प्रा.डा. सुमनराज ताम्राकारले कोरोना संक्रमणबाट बच्न पटक–पटक साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र भौतिक दूरी कायम गर्ने भनिए पनि यौन पेशामा त्यो सम्भव नहुने बताए। ‘व्यवस्थित रेडलाइट एरिया भएका विकसित देशले नै निर्धक्क तरिकाले यौन व्यवसाय सुचारु गर्न सकेका छैनन्,’ डा. ताम्राकारले भने, ‘नेपालको हकमा यो वैधानिक पेशा पनि होइन। विद्यालय, सार्वजनिक यातायातजस्ता अति आवश्यक सेवाहरू त सञ्चालन गर्न नसकेको बेला यौन पेशामा लागेकाहरूको सुरक्षाबारे कसले सोचेर बस्छ ?’

यौनकर्मी र ग्राहक दुवै सजग हुनुपर्नेमा डा. ताम्राकारले जोड दिए। ‘यौनकर्मीले ग्राहकलाई चुम्बन गर्न नदिने, मास्क लगाउने, स्यानिटाइजर पटक–पटक लगाउने, ग्राहकलाई पछाडिबाट अर्थात् ‘डगी’ आसनमा सेक्स गर्न लगाउने र सकभर मदिरा वा अन्य नशाले लट्ठ भएर सम्बन्ध नराख्नेजस्ता कुरामा सजग हुनुपर्छ। यौनकर्मी र ग्राहक दुवै सजग हुनुपर्छ।’ विविध कारणले यौनकर्मीको रोग प्रतिरोधात्मक क्षमता अलि कम हुने उनले बताए। ‘यस्तोमा कोरोना संक्रमणले गाँज्यो भने परिणाम घातक हुनसक्छ,’ उनले भने।

यौनकर्मीबारे कसले सोचिदिने ?
यौनकर्मीको हकहितका लागि काम गरिरहेका अधिवक्ता सुजन पन्तले यौन पेशालाई भूकम्प वा कोरोनाजस्ता प्रकोपले पनि रोक्न नसक्ने बताए। ‘विभिन्न बाध्यताले गर्दा उनीहरू जस्तो जटिल परिस्थिमिा पनि आफ्नो पेशा अँगाल्न बाध्य छन्,’ उनले भने, ‘यस्तो समयमा उनीहरूका बारे सोच्ने काम कुनै दाता वा संस्थाको भन्दा पनि राज्यको हो। धेरैजसो यौनकर्मी १४/१५ वर्षकै उमेरमै यौन पेशामा लागेका छन्। वर्षौंदेखि त्यही काम गर्दै आएकाले विकल्प देख्दैनन्। विकल्प देखाउने काम राज्यको हो।’

यौन पेशाको विषयमा कानुनले केही नबोल्ने उनले बताए। ‘कानुन मौन भए पनि प्रहरीले यौनकर्मीलाई अभद्र व्यवहार भनेर मुद्दा चलाउँछ,’ उनले भने, ‘उनीहरू अहिले के गर्ने, के नगर्ने दोधारको अवस्थामा छन्।’ यौनकर्मीलाई सामाजिक सुरक्षाको व्यवस्था नहुँदा भोलि कोरोना मात्रै नभएर एड्सको जोखिमसमेत बढ्ने उनले बताए। ‘यो पेशामा न व्यक्तिगत दूरी हुन्छ, न मास्क प्रयोग नै,’ उनले भने, ‘यदि उनीहरूलाई कोरोना लाग्यो भने त्यसको व्यवस्थापन गर्न निकै गाह्रो हुन्छ। भोलि कोरोना लागेको खण्डमा ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने सम्भावनै हुँदैन। किनभने, यो पेशा व्यक्तिको गोपनीयतासँग जोडिएको छ।’ यो समस्या समाधानका लागि राष्ट्रिय एड्स रोग तथा यौन रोग नियन्त्रण केन्द्र र राज्यका सम्बन्धित निकाय मिलेर काम गर्नुपर्ने पन्तले बताए।

महिला तथा बालबालिकाको अधिकारका लागि काम गर्ने कम्युनिटी एक्सन सेन्टर (सीएसी) नेपालकी संस्थापक तुलसा लता अमात्यले अहिले धेरै यौनकर्मी भोकभोकै रहेको, तर उनीहरूबारे कसैले पनि ध्यान नदिएको बताइन्। ‘उनीहरूका बारेमा अहिले न राज्यले सोचेको छ, न दातृ निकायले नै,’उनले भनिन्, ‘राहतका नाममा उनीहरूलाई एक दुई दिन खुवाएर मात्रै पुग्दैन। कोरोनाको अवस्था अझै कति लामो समयसम्म जान्छ भन्नेकुरा अनुमान गर्न सकिँदैन।’ २०७२ सालको भूकम्पमा पनि उनीहरूनै बढी मारमा परेको र अहिले कोरोना–कालमा पनि सबैभन्दा बढी उनीहरू नै जोखिममा रहेको अमात्यले बताइन्। ‘उनीहरूका लागि पहिला नै कुनै एउटा सेल्टर बनाउन सकिएको भए अहिले गाह्रो हुँदैनथ्यो,’ उनले भनिन्, ‘उनीहरूके लागि सेल्टर खोल्न एउटा संस्थाले मात्रै सक्दैन। यसका लागि राज्यले नै आफ्नो दायित्व सम्झिएर काम गर्नुपर्छ। सरकारले नै राहतको व्यवस्था मिलाउनुपर्ने हो।’

राहत मात्रै नभएर उनीहरूका निम्ति वैकल्पिक रोजगारी पनि सिर्जना गर्नुपर्ने जिम्मेवारी राज्यको भएको अमात्यले तर्क गरिन्। ‘उनीहरूको अवस्था महिनौँसम्म कुरेर बस्ने खालको छैन,’ उनले भनिन्, ‘त्यसैले तुरुन्तै आयआर्जन हुने कामतिर उनीहरूलाई लगाउनुपर्छ। अहिलेको अवस्थालाई नजरअन्दाज गर्दा भोलिको दिनमा एचआईभीले महामारीको अवस्था लिन सक्छ।’महिलाको हकहितमा सुनसरीकी विमला मल्लले लामो समयदेखि काम गर्दै आइरहेकी छिन्। उनले केही डोनरसँग हारगुहार गरेर केही यौनकर्मीलाई राहत पनि बाँडिन्। ‘तर, त्यतिले मात्रै पुग्दैन,’ मल्लले भनिन्, ‘कोरोनाले निम्त्याएको समस्यासँग जुध्न नसकेर केही यौनकर्मी महिलाले त आत्महत्याको प्रयाससमेत गरेको पाइएको छ। उनीहरूबारे सबैले गम्भीर भएर सोच्ने बेला आएको छ।’

त्यसै गरी, यौनकर्मीको हकका लागि काम गर्ने पोखराको गोरेटो नेपालकी कार्यक्रम निर्देशक लक्ष्मी रानाभाटले अहिले यौनकर्मी महिलामा धेरै समस्या रहेको बताइन्। ‘नियमित चेकअप गर्न नपाएकोदेखि अस्थायी साधन नपाएर गर्भवती भएका समस्यासम्म छन्,’ उनले भनिन्, ‘समयमा भाडा तिर्न नसक्दा घरबेटीको हेपाइमा परेका छन्। आर्थिक अभावका कारण धेरैलाई मानसिक समस्याले समेत गाँजिरहेको छ। भन्न त हामी यस्तो बेलामा बाहिर नजानू भन्छाँै। तर, भोको पेटले कोरोना नभन्ने रहेछ।’

सीएमसी नेपालकी अध्यक्ष अमात्यले अहिले यौनकर्मी महिला मात्र नभएर उनीहरूका छोराछोरी पनि जोखिममा भएको बताइन्। ‘अहिले उनीहरूका छोराछोरीको स्कुल छैन,’ उनले भनिन्, ‘दिनभरि आमासँग बसेका हुन्छन्। कतिपय अवस्थामा ग्राहक घरमै ल्याउनुपर्ने हुन्छ। त्यस्तो बेलामा बालबालिकाको मनस्थितिमा कस्तो असर पर्ने हो ? उनीहरूको मनोविज्ञान के हुने हो ?’ यो बेलामा यौनकर्मी मात्र नभएर उनीहरूको बालबालिकाको मनोविज्ञान बुझेर राज्यका साथै सम्बन्धित संघसंस्थाले काम गर्नुपर्नेमा उनको जोड थियो। रेकर्डमा नआए पनि केही यौनकर्मीले आत्महत्या गरेको हुन सक्ने मानवअधिकारकर्मी शान्ति तिवारीले बताइन्। ‘कोरोनाले कमाइको वातावरण खोसिदिँदा धेरै यौनकर्मी दिदीबहिनी डिप्रेस्ड छन्,’ उनले भनिन्, ‘त्यसैले उनीहरूले आत्महत्याको बाटो रोज्न थालेका खबर आउन थालेका छन्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले लामो समयदेखि एड्स तथा यौन रोगका क्षेत्रमा काम गर्र्दै आएको छ। तर, कोरोनासँगै यसका कार्यक्रम रोकिएको सूचना अधिकारी लोकराज पाण्डेले बताए। ‘हामीले यौनकर्मीका हकमा कोरोना रोकथामका लागि केही गर्न सकेका छैनाँै,’ पाण्डेले भने, व्यवसायका कारण कोरोना संक्रमण फैलिने कुरालाई नकार्न सकिँदैन। यौनकर्मीलाई सजग र सचेत बनाउनका लागि विभिन्न एनजीओले काम गरिरहेका छन्।’रात्रि जीवनकालागि सुपरिचित ठमेलमा लुकीछिपी यौन व्यवसाय पनि चल्ने गर्छ। यहाँका केही मसाज सेन्टर, स्पा, डान्स बार, नाइट क्लब र होटलमा यौनधन्दा हुने तथ्य ‘ओपन सेक्रेट’ नै हो।

पहिले केशरमहल चोकदेखि नै झिलिमिली देखिने ठमेल शुक्रबार बेलुका सुनसान थियो। सडकका दायाँ–बायाँ बसेर‘जाने हो, जाने हो’ भन्दै पछि लाग्ने यौनकर्मीहरू सञ्चयकोष भवन नपुग्दै भेटिन्थे। नरसिंह चोकैमा प्रहरीको गाडी रोकिएको थियो। केही विदेशी तथा स्वदेशी यताउता गरिरहेका थिए। ठेलामा चिया र खाजा बेच्ने पसलेवरिपरि झुम्मिएर चुरोट तानिरहेकाथिए, केही युवती। उनीहरू यौनकर्मी थिए। उनीहरूले ग्राहकसँगबार्गेनिङ गरिरहेको परैबाट सुनिन्थ्यो। एक जना अन्दाजी २५/२६ वर्षकी यौनकर्मी र एक जना पुरुषबीच यस्तो संवाद चलेको थियोः

‘दाइ, जाने हो ?’
‘यस्तो कोरोना फैलिरहेका बेला कहाँ जानु ? कोरोना स¥यो भने के गर्ने नि ?’‘हामीलाई कोरोना सोरोना केही छैन, दाइ। हामी पूरै क्वारेन्टाइनमा हो। एकदम सुरक्षित। मास्क छ, हातमा पञ्जा पनि लगाउँला।मसँग स्यानिटाइजर पनि छ।’‘मास्क किन नलगाएको त ?’‘मास्क लगाएर बस्यो भने कसले लैजान्छ र ?सबैलाई राम्री चाहिन्छ। त्यही भएर घरबाट यहाँ आउञ्जेल मास्क लगाएपनि यहाँ आएपछि मास्क खोलेरै बस्ने हो।’ती पुरुषले अभिरुचि नदेखाएपछि यौनकर्मी युवती अन्य पुरुषसँग कुरा गर्न थालिन्।

ठमेलका केही मसाज पार्लरमा पनि यौनधन्दा हुने गरेका छन्। अहिले मुख्य चोकमा रहेका मसाज पार्लर बन्द भएपनि भित्री भागमा रहेका मसाज सेन्टर खुल्न थालेका छन्। ठमेल, चाक्सीबारीमा रहेको एक मसाज सेन्टरमा काम गर्ने महिलाले कोरोना भागिसकेको दाबी गर्दै काम सुचारु गरेको बताइन्। ‘आउनुस्, अब मसाज गरेर कोरोना भगाउनुपर्छ’ भन्दै उनी ग्राहकसँग ‘डिल’ गरिरहेकी थिइन्।

ठमेलमा यौनकर्मीहरू सक्रिय हुन थालेका छन्। त्यहाँ यौनधन्दा चलिरहेको प्रस्ट देखिन्थ्यो। प्रहरीले पनि कुनै वास्ता गरेको देखिएन। यौनकर्मीहरूको साझा भनाइ छ, ‘वर्षैभरि कोठामा थुनिएर हाम्रो पेट कसले पालिदिन्छ?’चाबहिल चोकदेखि ओम हस्पिटलअगाडिको सडक किनारमा यौनकर्मीहरू ग्राहक कुरेर बसेका थिए। ठमेल र लाजिम्पाट क्षेत्रमा सडकमा उभिएर ग्राहक खोज्ने तेस्रोलिंगी यौनकर्मीलाई प्रहरीले लखेट्न थालेपछि चाबहिल चोकलाई तेस्रोलिंगी यौनकर्मीले ग्राहक खोज्ने नयाँ ‘स्पट’ बनाएको एक जना यौनकर्मीले बताइन्।

आइतबार राति ९ बजेतिर त्यहाँ पुग्दा केही तेस्रोलिंगी यौनकर्मी भेटिए। उनीहरू चुरोटको धुवाँ फुक्दै ग्राहकसँग मोलतोल गरिरहेका थिए। एक जना अधबैँसे महिला र एक युवती सडकमा उभिएका थिए। लकडाउनभर कोठामा बसेकी ती युवती तीन दिनदेखि मात्रै कामको खोजीमा निस्किएको बताउँदै थिइन्। ‘कोरोनाको डर छैन, सुरक्षित ठाँउ छ’ भन्दै ग्राहकसँग कुराकानी गरिरहेकी थिइन्। फाट्टफुट्ट ट्याक्सी चलिरहेका थिए। ट्याक्सी ड्राइभरसँग पनि ती युवती ‘कोही छन् ?’ भन्दै कुरा गरिरहेकी थिइन्।

साँझ पर्न थालेपछि नयाँ बसपार्कको पहेँलो पक्की पुलमा यौनकर्मीको चहलपहल सुरु हुन्छ। उनीहरू झुण्ड–झुण्डमा बसेर ग्राहकको प्रतीक्षा गर्छन्। बसपार्क वरपरका दृश्यले यौनकर्मीलाई कोरोनाको रत्तिभर डर नभएको प्रस्ट हुन्थ्यो। एकजना किशोरी चुरोटको धँुवा उडाउँदै ग्राहक कुरिरहेकी थिइन्। केही महिलामा बाइकमा रहेका पुरुषसँग बार्गेनिङ गरिरहेका थिए। केही यौनकर्मी भने स्कुटरमा हालेर ग्राहकलाई लिएर जाँदैथिए। चिटिक्क पहिरनमा सजिएका तेस्रोलिङ्गीयौनकर्मी पनि ग्राहकको खोजीमा भौँतारिरहेका थिए।

एक जना खाजा पसलेले भने, ‘कोरोनाअघिभन्दा अहिले यिनीहरूको चहलपहल धेरै छ। लकडाउन खुकुलो भएसँगै साँझै पर्न नपाई ग्राहक खोज्न आउन थालेका छन्।’साँझ ६ बजेबाटैरत्नपार्क क्षेत्रमा चहलपहल बढ्न थालेको थियो। फुटपाथका रेलिङमा अडेस लगाएर उभिएका थिए, केही । बागबजारको आकाशेपुलको छेउमा दुई युवती आएर उभिए। केही समयपछि एक जना तेस्रोलिंगी पनि उनीहरूसँगै आएर बसिन्। उनीहरू उभिएको केही समयमै केही पुरुष आइपुगे र बार्गेनिङ गर्न थाले। कोही कुरा नमिलेर तर्केर हिँड्थे भने कोही अलि अगाडिसम्म पुगेर फेरि कुरा मिल्छ कि भनेर फर्केर पनि आउँथे।

एकजना अग्लो हिल लगाएकी महिला लामो समयदेखि ग्राहकको प्रतीक्षामा थिइन्।वानपिस लगाएकी, कालो ब्याग भिरेकी उनको कपाल छोटो थियो। केही बेरमा चारजना किशोरको टोली ती महिला उभिएको ठाँउमा पुगे रसोधे, ‘जाने हो ?’ महिलाले जवाफ फर्काइन्, ‘कति दिने ?’ उनीहरूबीच निकै बेर बार्गेनिङ चलिरह्यो। कुरा नमिलेपछि किशोरको समूह आफ्नो बाटो लाग्यो।

ती महिलाभन्दा केही अगाडि पनि तीनचार जना महिलाको समूह थियो। केही तेस्रोलिंगी पनि थिए। उनीहरूबाटोमा हिँड्नेपुरुषलाई इसारा गरिरहेका थिए। कोही आउँथे, कोही तर्केर हिँड्थे। केही युवा भने बाइक रोकी–रोकी उनीहरूसँग कुराकानी गर्थे। दुई पक्षको बार्गेनिङ चल्थ्यो। ज्यादातर बार्गेनिङ टुंगोमा पुग्दैनथे। कुरा मिलेपछि भने ग्राहकले यौनकर्मीलाई बाइकमा राखेर लैजान्थे। लामो समयदेखि कुरिरहेकी वानपिसमा सजिएकी महिलालाई एकजना पुरुषले लम्बेतान कुराकानीपछि बाइकमा लिएर गए। यतिबेलासम्म वीर अस्पतालअगाडि यौनकर्मीको भीड देखिन्थ्यो। सम्पूर्ण साप्ताहिकबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार