काँग्रेस नेतृ दानीले सहयोग गरिन बाढी पीडितलाइ राहात

  मूलधारपोष्ट  92 पटक हेरिएको

बाजुरा । साउन २५ गते राती बुढीगंगा नदीमा आएको बाढीले पीडित बनेका गौमुल गाउँपालिका २ अजय टोट्कीका २३ जना बालबालिकालाई नेपाली काँग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघकी केन्द्रीय सदस्य जुना दानीले लत्ता कपडा सहयोग गरेकी छन् ।

काँग्रेस नेतृत्व दानीले व्यक्तिगत लगानीबाट स्कुल डे«स सहीत तत्कालका लागि लगायन मिल्ने लत्ता कपडा सहयोग गरेकी हुन् । परिवार नै विस्थापित बनेपछि सिंगा परिवार भित्र पनि बालबालिका बढी प्रभावित बनेको र उनीहरुका लागि राहत स्वरुप सहयोग गरेको दानीको भनाई छ ।

२३ जनाका बालबालिकाका लागि गरिएको लुगा कपडा सहीतको राहत सामाग्री नेपाली काँग्रेस गौमुल गाउँपालिकाका उपसभापति देवबहादुर रोकाया र सचिव गणेश थापालाई हस्तान्त्रण गरेकी छन् । सम्बन्धीत बालबालिकाको हातमा पुग्ने गरी बुझाईएको बताईएको छ । दानी राजनीतिसँगै सामाजिक सेवाका काममा पनि सक्रिय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार