लिदी पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै २७ वेपत्ता

  मूलधारपोष्ट  156 पटक हेरिएको

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । आज बिहान गएको पहिरोमा परेका अझै २७ वेपत्ता छन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । पहिरोमा घाइते भएका ७ जनाको उद्धार गरी उपचारको लागि अस्पतालमा लगिएको छ । बेपत्ताको स्थानीय, प्रहरी, सेनाबाट खोज तथा उद्धार जारी छ ।

मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन नसकेको उहाँले जानकारी दिनुभयो । पहिरो आउँदा ठूलो आवाज आएको थियो । यसैबीच, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोक आउनुभएको छ ।

मानवीय क्षति पु¥याएको लिदी पहिरोको निरीक्षण गर्न उहाँ घटनास्थल पुग्नुभएको हो । पहिरो स्थलमा गृहमन्त्री रामबहादुर थापा सहित उच्च सरकारी टोलीहरु पुगेका हुन् । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट १५ हजार सहयोग मन्त्री थापाले पीडितहरुलाई हस्तान्तरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार