बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्कील

  मूलधारपोष्ट  148 पटक हेरिएको

बाजुरा । बुढीगंगा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्कील परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकाहरुलाई चारै तिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्कील परेको छ । स्थान्तरण गर्न भइरहेको ढिलाईका कारण विस्थापितहरुले खुला चौर, सडकमा बास बस्नु पर्ने बाध्यता रहेको छ । गौमुल देखि बडिमालिका नगरपालिका, २ घागर माझिागाउँ र ४ रिला क्षेत्रसम्म करिब २ सय बढी परिवार विस्थापित बनेका छन् । भने सय बढीले घर परिवार, जग्गा जमिन सबै गुमाएको जिल्ला प्रहरी कार्यालय बाजुरासंग तथ्याङ्क रहेको छ ।

बाढीले बस्ने घर र खाने जमिन बगाएपछि पाल टाँगेर बसेका विस्थापितहरुले पहिरोको आँगनमा बास बस्नु पर्ने बाध्यता रहेको घर र खाने जमिन सबै गुमाएका बडिमालिका नगरपालिका २ घागरका करविर नाथको दुखेसा छ् । चारैतिरबाट पहिरो बग्ने गरेपनि ओलेनाका १३ परिवार साँफे मार्तडी सडकको बीचमा पाल टाँगेर बास बस्ने गरेपनि सुरक्षित नभएको गुनोसो त्यहाँका स्थानियको गुनासो रहेको छ । पहिरो बगिरहेकै स्थान भएपनि अर्को विकल्प नहुँदा आलेना बासी पाल टाँगेर सडकमा बस्नु पर्ने बाध्यता रहेको बडिमालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताउनुभयो ।

समस्या बडिमालिका २ घागर र भौनेरा, वडा नं ४ ओलेना, तिपाडा र रिला, ६ विरेखोला, पानीनाउला, जडाङ्गा, ८ रापक क्षेत्र लगायतका बस्ती बाढी र पहिरोबाट प्रत्यक्ष प्रभावित मात्र छैनन्, पूर्ण विस्थापितको खतरामा रहेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताउनुभएको छ । बालबालिका र महिला तथा वृद्धवृद्धा विचल्लीमा छन् । भने घर खेत गुमाएकाहरु चिन्ताले नै निराश देखिएका छन् । तत्काल अर्को स्थानमा सार्न सक्ने अवस्था नहुँदा विस्थापितहरु झनै जोखिममा छन् । रातदिन बाढी पहिरो बग्ने क्षेत्रकै छेउमा पाल टाँगेर बस्नु पर्दा उनीहरुले असुरक्षित महशुस गरिरहेका छन् ।

हालसम्म ३६ परिवारका बस्ने घर सहीत भत्किएर पूर्ण विस्थापित छन् भने बाढीकै कारण बडिमालिका नगरपालिका क्षेत्रका डेढ सय बढी परिवार विस्थापित बनेको बडिमालिका नगरपालिकाका प्रमुख बडुवालको भनाई छ । नगर उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत रंगमल विक सहीतको टोलीले बुधवार मात्र विस्थापित क्षेत्रको अनुगमन गरेका छन् । नगरपालिकाका तर्फबाट हालसम्म पाल सहीत प्रति परिवारलाई तत्कालका लागि राहत पनि दिएको बताएको छ ।

१३ परिवार आलेना, ७ परिवार तिपाडा, २५ परिवार रिला, ६ परिवार जडाङ्गा १६ परिवार घागरका विस्थापितलाई राहत स्वरुप चालम, तेल, नुन र दाल उपलब्ध गराएको छ । घर पूर्ण रुपमा बगाएको वा विस्थापित गरेको परिवारलाई प्रति परिवार ५० केजी चामल २ केजी दाल, २ पोका तेल र २ पोका नुन उपलब्ध गराईएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले जानकारी दिनुभएको छ ।
केन्द्रमा राजनीतिक दलका नेता तथा सांसदहरु, नगरपालिका, जिल्ला विपद व्यवस्थापन समिति सहीत सहयोगी दाताहरु सबैको पहल जारी रहेपनि बास र गासको ग्यारेन्टी नगरिएको गुनासो विस्थापितहरुको छ ।

शरिरमा लगाउने कपडा समेत नभएको अवस्थामा र दिनरात पानीको झरीमा बस्नु पर्ने बाध्यतालाई राज्यले बुझीदिनु पर्ने माग उनीहरुको छ । बाढी र पहिरोको बीचमा रात बिताउनु पर्दा डरले जागराम बस्नु पर्ने बाध्यता रहेको बाढीबाट विस्थापित कमल नाथले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार