अनेमसघ बाजुराद्धारा सिडियो मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र

  मूलधारपोष्ट  109 पटक हेरिएको

बाजुरा । अखिल नेपाल महिला संघ बाजुराले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । संघले गृह मन्त्रालय, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय र भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयलाई सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् । जिल्लाको अवस्था बारे राज्यको ध्यानाकर्षण हुनु पर्ने र विस्थापितलाई तत्काल स्थान्तरण तथा राहत सहीतको व्यवस्थापन गर्न माग सहीत ज्ञापन पत्र बुझाएको अनेमसंघका केन्द्रीय सदस्य एवं सभासद बसुन्धरा रोकायाले बताएकी छन् ।

खाद्य डिपोमा चामलको ब्यबस्थापन, बाढी पहिरोमा परि बिस्तापीत परिवारलाई उचित राहात बितरणलाई प्रभाबकारी गर्न माग अनेमसंघले गरेको छ । अनेमसंघले राहात सामाग्री गुणस्तर मापन ब्यबस्थापन र अनुगमनको पाटोमा ध्यान दिनु पर्ने, बाटो बन्दका नाममा ब्यापारीहरुले दैनिक उपभोग्य सामग्रीको कृत्तिम अभाव गर्न नहुने, बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने माग सहीत ज्ञापन पत्र बुझाएको नेकपा प्रदेश कमिटी सदस्य कमल कुमारी शाहले बताएकी छन् ।

जिल्लाको बिपद प्रतिकार्य योजना अनुसार जिल्लामा समस्यामा परेका समुदायलाई तत्काल उद्धार र राहात उपलब्ध गराउनु पर्ने, बुढीगंगा नदिले साफे मार्तडी सडकको बैकल्पीक मार्गको लागि नेपाल सरकारले चाडो सदरमुकामसम्म यातायात संचालन गरि आवत जावतमा सहज बाताबरण सृजना गर्नु पर्ने माग राखेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बाजुरामा बाढीको बितण्डाको बारेमा प्रतिबेद तयार गरेर र मौखिक टेलिफोन मार्फत सम्बन्धित निकायसम्म जानकारी गराइसकेको र ज्ञापन पत्र पनि सम्बन्धीत निकायमा पुर्याउने बताएका छन् । ज्ञापन पत्र बुझाउन महिला नेतृहरु बसुन्धरा रोकाया, कमल कुमारी शाह, देबु खाती, जानकारी रोकाया, माया कँुवर, गीता रावल, सीता बराल थापा, दुर्गा थापा लगायत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार