घागरमा पुलको छेउमा काठे पुल निर्माण

  मूलधारपोष्ट  198 पटक हेरिएको

बाजुरा । जिल्लको बडिमालिका नगरपालिका वडा न‌‌‍ २ घागर जोड्ने पुलसंगै काठे पुल निर्माण गरिएको छ । बाढी पीडीत घागरबासीलाई आवत जावतमा सहज होस् भन्दै काठे पुल निर्माण गरिएको हो । पुल रापक र घागरका युवाहरुको सक्रियतामा निर्माण गरिएको हो । आईतबार आएको बाढीले पुल जोखिममा परेपछि घागरबासीको २ दिनदेखि सम्पर्क विच्छेद भएको थियो ।

बुढीगंगा नदि रापकको पुल छेउतिर बग्न थालेपछि घागरबासीको आवत जावत दुईदिनदेखि ढप्प भएको थियो । घर समेत बाढीले बगाईदिएपछि पालमुनी बसीहरेका उनीहरुलाई काठेपुल निर्माण पछि खाद्यन्नका सामाग्री पुर्याईएको  छ ।

उनीहरुसंग अहिले पाल बाहेक केही पनि नभएको अवस्था छ । खानेपानीदेखि खाद्यन्न, लत्ता कपडा, विजुली बत्ति सबैको अभाव हुँदा जीवन बचाउनै गाह्रो भएको घागरका प्रकाश महतले जानकारी दिनुभएको छ । बुढीगंगा नदीको बहाव अझैपनि कम नभएका कारण बुढीगंगा वारपारका स्थानिय क्रसित भएर बस्न बाध्य भएका छन् । उनीहरुको अन्त कतैपनि बास बस्ने घरसमेत नहुदा पालमै रात काट्न बाध्य भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार